पोखरामा क्षेत्रीय तालिम केन्द्र शिलान्यास

पोखरा न्यूज -१०, असार ।
पोखरा लेखनाथ महानगरपालिका–३० खुदीमा रु चार करोडको लागतमा क्षेत्रीय स्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ।

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा सभाहलसहितको तीन तल्ले तालीम भवनको संघीय सभासद् खगराज अधिकारीले शनिबार शिलान्यास गरे ।

उनले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पु¥याउन निर्माणाधीन तालीम केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले शहरको सभ्यता खानेपानीसँग जोडिएको बताउँदै पानी शुद्धीकरणका बारेमा उपभोक्तालाई सचेत गराउनुपर्ने बताए ।

उपभोक्ता समितिका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा मुरारी शर्मा र हरिप्रसाद लामिछानेले तालीम भवनका बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button