प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान मगरात धर्नामा

पोखरा न्युज -१०, असार ।

प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो ।

प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ ।

गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो ।

यसअघि नामांकन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत जेठ २६ र २७ गते दुईपटकसम्म बैठक अवरुद्ध गरेको थियो भने तेस्रो पटक अवरोध गर्न खोजिँदा मार्सल लगाएरै बैठक चलाइएको थियो ।

यसैबीच, प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले आज नदीपुरमा धर्ना दिएको छ ।

स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अर्को बैठक असार १७ गते दिउँसो १ः०० बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button