Pokhara News

महानगरका कारण पोखरा रंगशालाको पर्खाल भत्किने अवस्थामा

तस्विर- शुर्दसन रञ्जित

पोखरा न्यूज- १०, असार ।

पोखरा रंगशाला स्थित दक्षिण तर्फको करिब ५० मिटर पर्खाल लगभग भत्किने अवस्थामा पुगेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ को बाटो फराकीलो पार्ने क्रममा महानगरका प्राविधिकहरुको कमजोरीका कारण पर्खाल भत्किने स्थितीमा पुगेको हो । वडाको बाटो फराकिलो पार्ने क्रममा महानगरका प्राविधिकले अर्को सार्बजनिक महत्वको स्थानलाई चासो नदिइ एकतर्फी रुपमा काम अगाडी बढाउँदा पर्खाल भत्किने स्थितमा पुगेपछि नागरिक समाजको चासो बढेको छ ।

महानगरको प्राविधकको ठूलो त्रुटी छ’ एउटा सार्वजनिक बिकासको काम गर्दा अर्को महत्वपूर्ण सार्वजनिक स्थानको पर्खाललाई नजर अन्दाज गरियो पोखरा १० निवासी बिकास गुरुङले भने –‘यस्तै हो भने यो पर्खाल अब यो वर्षा यामको समयमा भत्किन्छ ।’ ‘पर्खाल भत्किने मात्रै होइन सडक छेउमा हिड्नेलाइ समेत खतरामा पारेको छ अब पनि ध्यान नदिने हो भने मानविय क्षती हुन सक्छ’ पोखरा १० का रमेश भुजेलले भने ।

यता कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले पर्खालको विषयमा पटक–पटक वडा नं १५ लाई र काम गर्ने ठेकदार लाई जानकारी गराएको बताए । ‘बारम्बार जानकारी दिंदा पनि वास्ता नभएकोले पर्खाल भत्किएर हुने सम्पूर्ण जिम्म्मा सम्वन्धित वडा, महानगर र ठेकेदारले लिनु पर्ने समेत भनेका छौं’ अध्यक्ष गुरुङले भने- ‘भूतपूर्व खेलाडी मंचको पहलमा पोखराका जनताले पेट काटेर बनाएर पर्खाल निर्माण गरि रंगशाला संरक्षण गरेको सम्वन्धित निकायले विर्सनु भएन ।’

उता भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष एवम तत्कालिन पर्खाल निर्माण समितीका सचिब तेज गुरुङले पर्खाल ढल्ने अवस्था देखेर दुःख लागेको बताएकाछन । उनले भने –‘सम्वन्धित निकाय यस्तो अवस्थामा पनि मानै बस्नु उदेक लागेको’ बताउँदै गुरुङले पर्खाल भत्किने अवस्थाले सबै पोखरेली खेलप्रेमीहरुको मन कुडिएको बताए । उनले सम्वन्धित निकायले पर्खाल संरक्षणका लागि पहल थाल्न आग्रह समेत गरे ।

बि.स. २०५९ सालमा पोखरेली नागरिक समाज, व्यवसायी र विदेशमा रहेका नेपाली नागरिकको पहलमा करिब १ करोडको लागतमा पोखरा रंगशाला संरक्षण अभियान अन्र्तगत पर्खाल निर्माण गरि रंगशालाको ४ सय ३२ रोपनी जग्गामा पर्खालले घेरिएको थियो ।

अन्य खबर

पोखरा फुटबल स्टेडियम निर्माण गर्न ५३ करोड

पोखरा न्युज

पोखरा रंगशाला निर्माण गर्न दोश्रो पटक बोलपत्र आह्वान

पोखरा न्युज

पोखरा रंगशालको पर्खाल भत्किने अवस्थामा, जिम्मेवार निकाय उदासिन

पोखरा न्युज
खुल्दैछ.......