पोखरा महानगरको बजेट ६ अर्ब ५३ करोड, केरुङ काठमाण्डौं रेल पोखरासम्म ल्याउने तयारी

पोखरा न्यूज -१०, असार।

पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ को लागि ६ अर्ब ५३ करोड ६५ लाख बजेट प्रस्तुत भएकोे छ ।आइतबार पोखरामा आयोजना गरिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक कार्यक्रममा महानगरका मेयर मानबहादुर जिसीले उक्त बजेट प्रस्तुत गरेका हुन।

मेयर जिसीका अनुसार ४ अर्ब ३३ करोड ७५ लाख २० हजार वाह्य आय रहेको छ भने संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ ६१ करोड ४४ लाख रुपैयाँ रहेको छ । क्षेत्रफलका हिसाबले देशकै सबै भन्दा ठूलो महानगरपालिकालाई संघीय सरकारबाट प्राप्त सशर्त अनुदानतर्फ १ अर्ब २० करोड ४२ लाख रुपियाँ, संघीय सरकारबाट प्राप्त समपुरक अनुदानतर्फ ६ करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त विशेष अनुदानतर्फ १५ करोड रुैपयाँ रहेको छ । त्यसै गरी संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँड बापत ३४ करोड ६५ लाख प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ २ करोड ७४ लाख ३१ हजार ६ सय ९० रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँडतर्फको आय ३ करोड २९ लाख ८८ हजार ३ सय ९० रुपैयाँ रहेको मेयर जिसीले जनाए ।

आन्तरिक आयतर्फ १ अर्ब ६९ करोड ९० लाख ३० हजार अनुमान गरिएको छ भने नगद मौज्दात ५० करोड समेत गरी जम्मा बजेट ६ अर्ब ५३ करोड ६५ लाख अनुमानित गरिएको मेयर जिसीले बताए । व्ययतर्फ विभिन्न कोषहरूका लागि २१ करोड, पूर्वाधार विकासतर्फ २ अर्ब २३ करोड ७९ लाख २२ हजार ४ सय, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ करोड ५१ लाख ६० हजार ३ सय ५३ रूपियाँ, सामाजिक विकासतर्फ ८५ करोड ४५ लाख ६७ हजार ९ सय ८६ रूपैयाँ, आर्थिक विकासतर्फ ४१ करोड ३७ लाख ७४ हजार, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ३० करोड ६१ लाख २६ हजार २ सय ५६ रूपैयाँ विनियोजन गरिएको छ ।

पुँजी निर्माणतर्फ ५ करोड १० लाख रूपैयाँ, सामाजिक सुरक्षा भत्तातर्फ ५३ करोड ८० लाख, प्रशासनिक खर्चतर्फ १ अर्ब ३२ करोड रूपैयाँ विनियोजन गरिएको छ । राजस्व फिर्ता तथा प्रदेश राजस्व बाँडफाँड फिर्तातर्फ ४६ करोड विनियोजन गरिएको छ । यसरी कुल व्यय ६ अर्ब ५३ करोड ६५ लाख ५० हजार रहेको बजेट मेयर जिसीले सार्वजनिक गरेका हुन् ।

महानगरपालिकाले १२ वटा गौरवका योजनालाई नीति तथा कार्यक्रममा समेटेको छ । नीति तथा कार्यक्रममा समेटिएका गौरवका आयोजनामा फेवा, बेगनास र अन्य सबै तालको संरक्षण योजना, ढल निकास गुरूयोजना तथा फेवाताल ढल डाइभर्सन, फेवा—बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिन मुनी व्यवस्थापन तथा रेलिङ निर्माण, १६ किमी सडक कोर सिटीमा स्तरोन्नति, पर्यटकीय बसपार्क निर्माण छन् ।

त्यसैगरी तालचोक—खुदीको मुहानसम्म चारलेन सडक निर्माण, सात स्थानमा आधुनिक कृषि पकेट क्षेत्र निर्माण, महानगरपालिका भवन निर्माण, कनेक्टिङ सिटी सडक ३० वटा, फिर्के करिडोर,चक्रपथको गुरूयोजना, शान्ति सुरक्षा व्यवस्थापन गर्न सिसी टिभी जडानलाई महानगरले गौरवको आयोजनामा राखेको छ ।

महानगरपालिकाका केहि योजनाहरु भने संघिय सरकार र प्रदेश सरकारसंगको समन्वय तथा सहयोगमा गर्ने भएको छ । केरुङ, काठमाण्डौं, पोखरा हुदै लुम्बिनीसम्मको रेलमार्गमा पोखरालाई जोडेर यसलाई प्रमुख व्यापारीक केन्द्र र पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्न नेपाल सरकार तथा प्रदेश सरकारसंग आवश्यक समन्वय गर्ने भएको महानगरको निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारसंगको समन्वयमा महानगरभित्र एक हजार शैयाको अस्पताल निमार्णको लागि सम्भाव्यता अध्ययन गर्ने, राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्ण कार्यलाई समयमै सम्पन्न गर्नको लागि संघिय सरकारसंग समन्वय गर्ने, फेवा, बेगनास र रुपाताल मोनो रेलको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्र तथा दातृ निकायलाई लगानीको लागि प्रोत्साहन गरिने भएको मेयर जिसीले प्रस्तुत गरेको निती तथा कार्यक्रममा उल्लेख छ । त्यसै गरी महानगरको ट्राफिक व्याबस्थापनको लागि बाहिरी चक्रपथ निमार्णलाई डिपिआर तयार पार्ने, महानगरबासिलाई शिक्षा, स्वास्थ्य र रोजगारका अधिकारको ग्यारेन्टी, महानगरलाई नेपालकै पर्यटन, शिक्षा, स्वासथ्य र मनोरन्जनको प्रमुख केन्द्रको रुपमा विकास गरिने, पर्यटछन मैत्रि संरचना निमार्ण तथा पयृटन पुर्वाधार निमार्ण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिने, पोखरा भ्रमण बर्ष घोषणा गनिरे, महानगरलाइ स्मार्टसिटिको रुपमा विकास गराउने उद्धेश्यले ११ स्मार्ट मेट्रो भिलेज निर्माण गरिने निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पोखरा लेखनाथबासीको रहर “सुखी, खुसी, सभ्य र समृद्ध सशर” को लक्ष्य पुरा गर्न महानगर तयार रहेको मेयर जिसीले जनाए । ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भक्ता १० प्रतिशत थप गरी वितरण गर्ने, महानगरको मुख्य केन्द्रबाट ३३ वटै वडा, छिमिकी गाँउपालिका र जिल्ला जोड्न सडकहरुलाई कनेक्टिङ रोडका रुपमा निमार्ण गर्ने, आफ्नो टोल आफै बनाऔं कार्यक्रममा ५० प्रतिशत टोलवासिको लागानीमा २८ करोड पुर्वाधार निमार्णको लागि बजेट वियिोजन गरिएको मेयर जिसीले बताए । कृषि योग्य जमिन खण्डीकरण रोकथाम र भू–माफियाको अनावश्यक चलखेललाई निरुत्साहित गर्दै स्वीकृत मापदण्ड बिना जग्गा प्लटिङमा रोक लगाउने, महानगर भित्र भवन निमार्णमा एकरुपता ल्याउन तथा नियमन गर्न विज्ञहरुको एक समिति गठन गरिएको मेयर जिसीले जनाए ।

यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले पोखरामा निमार्ण हुदै गरेको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तोकीएको मिति भन्दा छिटो निमार्ण हुने बताएकाछन । आईतबार पोखरामा आयोजित पोखरा लेखनाथ महानगरपालिकाको निती तथा कार्यक्रमको सार्वजनिक कार्यक्रममा वोल्दै मन्त्री अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य सवै हिसावले अघि बढेको दाबी गर्दै तोकिएको समय सिमा भन्दा अघि निर्माण हुने भएको बताएका हुन ।

उनले भने “ कुनै पनि विज्ञले पोखरामा विमानस्थल निमार्ण हुन अनउपयुत्त भनेर प्रतिकृया दिएका छैनन, बरु यसमा ठुला जहाजहरु आउदा समस्या आउदा कि भनेर छलफल भएको थियो, उक्त विमानस्थल निमार्ण कार्य सुभारम्भ गर्दा नै हामीले एक सय ८० सिट क्षमताका मध्यम प्रकृतिका जहाजहरु उडान र अवतरण गर्न सक्छौं भनि त्यसका आधारमा विमानस्थल निर्माण गर्न लागेका हौं । ” पोखरा विमानस्थलको भौतिक प्रगती हाल १४ प्रतिशत भएको दाबी गर्दै मन्त्री अधिकारीले प्रभावकारी ढंगले समय भन्दा अघि नै विमानस्थल निमार्णको लागि स्थानिय सरकार र स्थानीय तथा निजि क्षेत्रले सहयोग आग्रह गरे । उनले भने “ कागले कान लग्यो भनेर कागका पछि लाग्ने कि आफ्नो कान छाम्ने हो त्यो आफै विचार गर्नु होस, पोखरा विमानस्थल निर्माणको कार्य अब कुनै हिसावले रोकिदैन । ” पोखरेलीलाई पोखरा विमानस्थलको बिषयमा कुनै कन्फ्युजनमा नपर्न उनले आग्रह गरे । पोखराको आर्थिक विकास र समृद्धसंग जोडिएको अर्को योजना उत्तरको कोरला र भारतको सुस्तासम्म जोड्न सडक संजालमा ध्यान दिनु पर्ने उनको भनाई थियो।

मित्र राष्ट्र चिन र भारतसंगको सम्वन्धलाई सन्तुलनमा राखेर मात्र देशको आर्थिक विकास र समृद्धि हुने मन्त्री अधिकारीले जनाए । प्रतिनिधि सभाका सांसद तथा उद्योगपति सुर्य बहादुर केसीले काठमाण्डौंले पोखराको विकास देख्न नचाहेर समय समयमा बिबादित कुरा ल्याउने गरेको बताए । उनले पोखरामा २ सय सिट क्षेमताका जहाज ल्याउन कुनै कठिनाई नहुने दाबी गरे । अर्को सांसद तथा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले पोखराको विकास माथि काठमाण्डौंबाट पटक पटक प्रहार हुदै आएकोले राष्ट्रिय गौरवको योजना पोखरा विमानस्थल निमार्ण कार्य छिट्टै सकिने बताए । केरुङ काठमाण्डौं रेल पोखरा हुदै लुम्बिनीसम्म जोड्नु पर्नेमा उनको जोड थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button