पर्वतमा कृषकलाई यान्त्रिक हलो

पोखरा न्यूज -१४, असार।
कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको  महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो ।

गाउँपालिकाका ६ वटै वडाका कृषक समूहलाई मागका आधारमा यान्त्रिक हलो वितरण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ ।

“आगामी आर्थिक वर्षमा मागअनुसार यान्त्रिक हलो वितरण गरिनेछ,” उनले भने। कूल रु ५४ हजार मूल्य पर्ने यान्त्रिक हलो गाउँपालिकाले ६० प्रतिशत अनुदानमा वितरण गरेको हो ।

जलजला, मोदी कुश्मा, फलेवास, विहादी र पैँयुले समेत कृषकलाई यान्त्रिक हलो वितरण गरिसकेका छन् । यसअघि जिल्ला कृषि विकास कार्यालयले करीब ३०० वटा यान्त्रिक हलो वितरण गरेको थियो । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए।

मदिरा व्यावसायी करको दायरामा

जिल्लाका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ । बिना अनुमति मदिरा तथा सुर्तीजन्य वस्तुको बिक्री वितरण गर्दै आएको पाइएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले बजार अनुगमन गरी सबैलाई करको दायरमा ल्याउन निर्देशन दिएको छ ।

आगामी आव २०७५/७६ भित्र सबै मदिारा व्यवसायीलाई करको दायरमा ल्याइने कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक भरत भुजेलले बताए । जिल्लामा दुई हजारभन्दा बढी मदिरा व्यवसायी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button