नक्कली प्रहरी बनेर पैसा असुल्ने तथा शरिर बन्दक बनाउने गिरोह पोखरामा पक्राउ

पोखरा न्यूज- असार, १५ ।

नक्कली प्रहरी बनेर पैसा असुली गर्ने तथा शरिर बन्दक बनाउने गिरोह पोखरामा पक्राउ परेका छन् ।

अपराध अनुसन्धान शाखाको ईन्सपेटर तथा मानवअधिकार विभागिय प्रमुख हौ भनि पैसा असुलि गर्ने, धाक धम्कि दिने तथा नमानेमा  आफ्नै घरमा लगी शरिर बन्दक बनाउने ४ जनाको  गिरोह पोखराबाट पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका -४ बस्ने ३३ बर्षिय दिपक ठकुरी, पाल्पा तानसेन नगरपालिका -१४ बस्ने २६ बर्षिय ताराप्रसाद पाण्डे, खोटाङ ऐँसेलु गाउँपालिका – १ बस्ने २३ बर्षिय भोज कुमार खत्री, गुल्मि ठुलोलुम्से गाबिस – ६ बस्ने २८ बर्षिय बालकृष्ण गौतम रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी  रविन्द्रमान गुरुङले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका -०९ नागढुगाबाट बुधबार पक्राउ परेका चारैजनालाई  बिहिबार कास्की जिल्ला अदालतबाट शरीर बन्दक मुद्धामा म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी  गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button