दुईवटै मिर्गौलामा समस्या हुँदा सहयोगको याचना

पोखरा न्यूज -१९, असार ।
भूकम्पपीडित रमिता कार्कीका दुईवटै मिर्गाैला फेल भएर लामो समयदेखि अस्पतालमा उपचारका क्रममा रहेपछि आश्रित परिवारले सहयोगको आग्रह गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–८ जिलु स्थायी बसोबास गर्दै आएकी कार्की विगत सात महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराईरहेकी छिन् ।

विसं २०७२ मा पटकपटक गएको भूकम्पबाट दोलखाकै सिंगटीलाई केन्द्र बनाएर गएको भूकम्पले उनको घर पूरै ध्वस्त बनाएको थियो ।

छोरा रवि कार्कीले आमालाई सञ्चो नभएपछि अस्पताल ल्याउँदा चिकित्सकले दुवै मिर्गाैलाले काम गर्न नसक्ने बताएपछि परिवारमा समस्या आएको बताए ।

उनले भने, “भूकम्पबाट विस्तारै तग्रिँदै थियौँ, आमा बिरामी भएपछि उपचारमा सबै ऋण सकियो, अब केही बाँकी छैन । आर्थिक अभावकै कारण आमाको ज्यान जाने भयो, सहयोगको लागि सबैसँग अपेक्षा गरेका छौँ ।”

प्रत्येक हप्ता एक पटक डायलाइसिस गर्दा रमिताको स्वास्थ्यमा केही सुधार भएको छ । चिकित्सकका अनुसार अझै धेरै समय डायलाइसिस गर्नुपर्छ तर आर्थिक अभावका कारण उपचार नै रोकिएकाले सहयोगका लागि सबैसँग छोरी सुस्मिताले आग्रह गरे।

पति बालकृष्णले मजदूरी गरेर घर खर्च चलाउनुका साथै छोराछोरीलाई पढाउँदै आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button