म्याग्दीको त्रिभुवन मंगला माविमा दुईकोठे भवन निर्माण

पोखरा न्यूज -२१, असार ।
म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोर स्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ ।

गाउँपालिकाको रु १० लाख अनुदान र स्थानीयवासीको रु १ लाख ५० हजार ५२१ बराबरको श्रमदानमा पुरानो भवनमाथि टिनले छाएको दुईवटा कोठा थप गरिएको उपभोक्ता समितिका सचिव रुद्रबहादुर खड्काले बताए ।

सोही विद्यालयमा जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुईतले चारकोठे पक्की भवन निर्माणाधीन अवस्थामा छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल डेढसय विद्यार्थी अध्ययनरत छन् । नयाँ कक्षाकोठा निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा गरिएको शिक्षकसमेत रहेका उपाभोक्ता समितिका सचिव खड्काले बताए । पुरानो भवन जीर्ण र जोखिमयुक्त बनेपछि नयाँ भवन निर्माणको काम गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button