बागलुङमा समीरलाई ‘बम–सरस्वती स्मृति पुरस्कार’

पोखरा न्यूज -२१, असार ।
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई प्रदान गर्ने भएको छ । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा स्थापित यो पुरस्कारबाट समीर पुरस्कृत हुन लागेका हुन् ।

रु १० हजार राशिको पुरस्कार यही असार २९ गते २०५औँ भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । समीरले नेपाली भाषा र साहित्यको उन्नयनमा पुराएका योगदानस्वरुप पुरस्कार दिन लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए । गोधुली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रहेका समीर अन्य साहित्यिक संघसंस्थामा समेत क्रियाशील छन् ।

समीरका ‘आँशुका सौगातहरु’ गजल सङ्ग्रह, ‘श्रीपेच नभएका राजाहरु’ निबन्ध, ‘जिन्दगी’ र ‘सिर्जना साहित्य सिकाइ’ लगायतका पुस्तक प्रकाशित छन् । बागलुङको तित्याङमा जन्मिएका समीर भद्रकुमारी घले सेवा समाजको महासचिवसमेत छन् । “उनको साहित्यिक योगदान र क्रियाशीलताको कदर गरेर पुरस्कृत गर्न लागिएको हो,” प्रतिष्ठानका अध्यक्ष रोशनले भने ।

प्रतिष्ठानले हरेक वर्ष साहित्यमा योगदान पु¥याएको व्यक्तित्वलाई पुरस्कृत गर्दै आएको छ ।

अघिल्लो पुरस्कार चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button