बाजुरामा रुखले च्यापिएर एकजनाको मृत्यु

पोखरा न्यूज -२४, असार ।
बाजुराको गौमुल गाउँपालिका–३ गर्जेमा रूखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

गौमुल गाउँपालिका–३ गर्जेका २३ वर्षीय खण्टे बोहराको मृत्यु भएको हो । उनको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा अछामको साँफेबगरमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

गम्भीर घाइते बोहराको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रिफर गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button