१५ करोडको लगानीमा लेकसाइडमा नयाँ संरचना सहित सुलभ डिपार्टमेन्टल स्टोर्स

पोखरा  न्यूज -२५, असार ।

पोखरा लेखनाथ महानगरपालिका-  ०६ लेकसाइडमा १५ करोडको लगानीमा  नयाँ संरचना सहित सुलभ डिपार्टमेन्टल स्टोर्स संचालनमा आएको छ ।

बिगत ७ बर्षदेखी लेकसाइडको गौरीघाटमा साँनो स्थानमा संचालन हुदै आएको डिपार्टमेन्टल स्टोर्स लेकसाइडकै नारेश्वरमा सुभिधा सम्पन्न भवन संगै  संचालनमा आएको हो । पोखराका पर्यटन व्यवसायीहरुले संचालन गरेको उक्त स्टोर्समा दैनिक उपभोग्य बस्तु, सम्पुर्ण प्रकारका घरयासि सामाग्रिहरु, होटल तथा रेष्टुरेण्टमा आवश्यक पर्ने अधिकांश बस्तुहरु  उपलब्ध रहेको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

पर्यटन व्यवसायीहरुको संलग्नतामा स्थापित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडबाट संचालन भएको उक्त स्टोर्समा हाल नयाँ संरचना सहित १५ करोडको लगानी रहेको संस्थाका द्धितिय उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने “ हामीले सानो घर परिवार देखि ठुला होटल तथा रेष्टुरेण्टहरुमा आवश्यक पर्ने सम्पूर्ण बस्तुहरुको व्यवस्था एउटै छानामुनि मिलाएका छौं, हामीले  स्टोर्समा गुणस्तरिय सामानहरु उपलब्ध गराएका छौ  । ”  गौरीघाटमा स्थापना भएको उक्त सहकारी संस्थामा हाल  ४४ जना शेयर सदस्य रहेका छन। पोखरा क्षेत्रका करिब ३ सय वटा होटल तथा रेष्टुरेण्टमा संस्थाले सेवा दिदै आएकोे  उपाध्यक्ष भट्टराईले बताए । स्टोर्समा हाल ७० प्रतिशत सामानहरु बाहिरबाट आउने उनले जनाए । पार्किङ सहितको सुविधा रहेको डिपार्टमेन्टल स्टोर्समा हाल ४० जनालाई प्रत्यक्ष रोजगार प्राप्त गरेका छन् ।

साढे ४ रोपनी क्षेत्रफलमा रहेको उक्त स्टोर्समा आउने ग्राहकहरुको लागि प्रयाप्त मात्रमा पार्किङको व्यवस्था  रहेको सचिव लक्ष्मण बरालले बताए । स्टोर्स शुभारम्भको अवसरमा यही असार २६ देखि साउन ६ गतेसम्म एक हजार बराबरको सामान किन्ने उपभोक्तालाई एक केजी चिनी निशुल्क रुपमा उपहार दिइने  सचिव बरालले जनाए । निकट भबिष्यमा सहकारीले   कृषि, उत्पादन, मिनिरल वाटर, घरेलु उत्पादनलाई बढ्वा दिने उनले बताए । गत बर्ष सहकारीले करिब ३२ करोडको कारोवार गरेको बरालले जनाए । १५ लाख शेयर  पुँजीबाट सुरु भएको  सहकारीमा हाल करिब ४ करोड शेयर पुँजी रहेको संस्थाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button