म्याग्दीको धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण

पोखरा न्यूज -२७, असार।
म्याग्दीको धौलागिरि चक्रिय पदमार्गअन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ ।

गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा अवस्थित छहरी खोलामा ३२ मिटर लामो पुल निर्माण गरेका हुन् ।

रु २४ लाखको लागतमा निर्माण भएको पुलबाट कल्लेनी, शिवाङ, नेरवाङ, मुदी, नाउरा, बगरका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पुनले बताए ।

पुलबाट धौलागिरि चक्रिय पदमार्ग, आधार शिविर र हिमाल आरोहणमा जाने पर्यटक, पथप्रर्दशक र पर्यटक मजदूरलाई समेत आवतजावतमा सुविधा पुगेको छ । यसअघि जीर्ण अवस्थाको काठको पुलबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button