• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
English
TV
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
English
TV
Pokhara News

मौद्रिक नीतिका विशेषता

विज्ञापन
रासस-रासस
असार २७, २०७५
आइतबार दश अर्बको ऋणपत्र जारी हुँदै

पोखरा न्यूज -२७, असार ।
आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्रबैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउने छ ।

Loading...

यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्था थियो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा स्थायी तरलता सुविधा दर ७.० प्रतिशतबाट ६.५ प्रतिशत र तल्लो सीमाका रुपमा दुईहप्ते निक्षेप संकलन दर तीन प्रतिशतबाट ३.५ प्रतिशत कायम गरिएको छ । अल्पकालीन बजार ब्याजदरमा हुने उतारचढावलाई न्यूनीकरण गर्न ब्याजदर करिडोरको परिधी केही साँघुरो बनाइएको हो ।

त्यसैगरी वैधानिक तरलता अनुपात वाणिज्य बैंकका लागि १२ प्रतिशतबाट १० प्रतिशत, विकास बैंकका लागि ९ प्रतिशतबाट ८ प्रतिशत र वित्त कम्पनीहरुका लागि ८ प्रतिशतबाट ७ प्रतिशत कायम गरिने छ ।

मौद्रिक नीतिअनुसार अन्तिम ऋणदाता सुविधा दरको रुपमा रहेको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको छ ।

लगानीयोग्य साधन बढाउने उद्देश्यले केन्द्रीय बैंकले २०७४ चैतमा वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो । यसको दायरा थप विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था भएको छ ।

पूर्वाधारका परियोजनामा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकमा छुट्टै कोषमा जम्मा गरी ‘हेजिङ’ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । उक्त कोषले विदेशी लगानीकर्ताले व्यहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पु¥याउने छ । यस्तो सुविधाबाट ठूला जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुँदै आएको ओभरड्राफ्टलगायत ‘रिभल्बिङ’ प्रकृतिका व्यक्तिगत कर्जा सुविधाको सीमा रु ७५ लाखबाट रु ५० लाख कायम गरिने भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत ओभरड्राफ्ट र यस्तै प्रकृतिका अन्य कर्जालाई नियन्त्रण गर्न थप आवश्यक नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध होस् भन्ने उद्देश्यले व्यवस्था गरिएको पुनरकर्जा कोषको सीमा रु ३५ अर्ब पु¥याइने, नवीकरणीय ऊर्जाबाट चल्ने सार्वजनिक सवारी साधनका लागि दिइने कर्जालाई समेत प्राथमिकता प्राप्त कर्जामा गणना गर्ने, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आफ्नो कुल कर्जा लगानीको क्रमशः ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी तीनै वर्गका संस्थाका लागि यस्तो कर्जा लगानीको न्यूनतम सीमा ५ प्रतिशत तोकिएको छ ।

महिलाद्वारा सञ्चालन हुने परियोजनाका लागि रु १५ लाखसम्मको सामूहिक जमानीमा दिइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने छ । महिला उद्यमशीलता विकासका लागि नेपाल सरकारले यस्तो कर्जामा ६ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन ऋणपत्र जारी गरी वित्तीय साधन परिचालन गर्न प्रोत्साहित गरिनेछ । त्यसरी संकलित साधनलाई कर्जा/कुल वित्तीय स्रोत अनुपात गणना गर्दा समावेश गर्ने व्यवस्था मिलाइनेछ । वित्तीय क्षेत्र विकास रणनीतिमा भएको व्यवस्थालाई ध्यानमा राखी वाणिज्य बैंकले २०७६ असारसम्म निक्षेप तथा कर्जाको ब्याजदरको अन्तर ४.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरिने भएको छ । व्याजदर अन्तर क्रमशः घटाउँदै लगिने केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ भित्र सवै वाणिज्य बैंकलाई प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न लगाउने व्यवस्था मिलाइने छ । उक्त व्यवस्थाबाट सबै प्रदेशमा बैंकिङ सेवा प्रवाह सरल र प्रभावकारी हुनुका साथै वित्तीय पहुँच र समावेशिता विस्तारमा समेत सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले गरेको छ ।

व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु दुई लाखसम्मको निक्षेप सुरक्षण गराउनुपर्ने विद्यमान व्यवस्था रहेकोमा उक्त सुरक्षण रु तीन लाख कायम गर्न आवश्यक समन्वय गर्ने, बैंक तथा वाणिज्य बैंकलाई धितोपत्र व्यवसायीको कारोबार गर्न दिनुपर्ने माग भई आएको सम्वन्धमा सम्बन्धित वाणिज्य बैंकबाट अनुरोध भएमा त्यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गरी त्यस्तो कारोबार गर्न सक्ने व्यवस्था मिलाइने छ ।

ठूलो संख्याका कारण वाणिज्य बैंकबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्न र वित्तीय क्षेत्र स्थायित्वलाई थप सुदृढीकरण गर्न आवश्यक देखिएको सन्दर्भमा वाणिज्य बैंकबीच गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिने छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत सहायक स्तरदेखि अधिकृत स्तरसम्मका कर्मचारीका लागि बैंकिङ सम्बन्धी तालिम अनिवार्य हुनेछ । बैंकिङ क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न बैंक तथा वित्तीय संस्थामा नयाँ भर्ना भएका कर्मचारीले बैंक प्रवेश गरेको दुई वर्षभित्र यस प्रकारको तालिम लिइसक्नु पर्ने व्यवस्था मिलाइने छ ।

निक्षेप दायित्व, कर्जा सापट र सम्पतिको आधारमा वाणिज्य बैंकका ठूला शाखा पहिचान गरी वाणिज्य बैंक शाखाको लेखापरीक्षण गर्नुपर्ने व्यवस्था गरिनेछ । शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा कर्जाको सुरक्षणका लागि राखिएको सेयरको मूल्य २० प्रतिशतसम्मले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था गरिने मौद्रिक नीतिमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था पनि मौद्रिक नीतिले गरेको छ ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    दोहोरो अंकले घट्यो शेयर बजार

    असार २७, २०७५
    मौद्रिक नीतिप्रति निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

    मौद्रिक नीतिप्रति निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

    असार २७, २०७५
    कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नपर्ने

    मौद्रिक नीति आज सार्वजनिक हुँदै

    असार २७, २०७५
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु
    कास्की

    बिहेमा हिँडेका युवक पोखरामा मृत फेला

    - पोखरा न्यूज
    असार २७, २०७५
    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    असार २७, २०७५
    मुस्ताङमा माइनस १५ डिग्री तापक्रम, ताल र खोलाको पानी जम्यो
    गण्डकी

    मुस्ताङमा माइनस १५ डिग्री तापक्रम, ताल र खोलाको पानी जम्यो

    - रासस
    असार २७, २०७५
    कोरियामा एक नेपालीद्वारा घाँटी रेटेर आत्महत्या !
    समाचार

    कोरियामा एक नेपालीद्वारा घाँटी रेटेर आत्महत्या !

    - पोखरा न्यूज
    असार २७, २०७५
    नारायणगढ-मुग्लिन सडकखण्डका ७ ठाउँ पहिरोको जोखिममा
    समाचार

    मुग्लिन-नारायणगढ सडक दिउँसो बन्द हुने

    - रासस
    असार २७, २०७५

    समाचार

    हिमपातले कत्तै खुशी, कतै दु:खी

    हिमपातले कत्तै खुशी, कतै दु:खी

    असार २७, २०७५
    पोखरामा साहित्य महोत्सवको पहिलो दिन ६ सेसन सम्पन्न

    पोखरामा साहित्य महोत्सवको पहिलो दिन ६ सेसन सम्पन्न

    असार २७, २०७५
    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

    असार २७, २०७५
    पदक विजेता खेलाडी झरीको पर्वाहै नगरी नगर परिक्रमामा (फोटो फिचरसहित)

    पदक विजेता खेलाडी झरीको पर्वाहै नगरी नगर परिक्रमामा (फोटो फिचरसहित)

    असार २७, २०७५
    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

    पोखरामा शुक्रवार २२.२ मिलिमिटर वर्षा, शनिवार पनि बर्षा हुने !

    असार २७, २०७५
    तनहुँमा माइक्रो र बस एकापसमा ठक्कर खाँदा १४ घाइते

    तनहुँमा माइक्रो र बस एकापसमा ठक्कर खाँदा १४ घाइते

    असार २७, २०७५

    छुटाउनुभयो कि ?

    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु
    कास्की

    पोखरामा शुक्रवार २२.२ मिलिमिटर वर्षा, शनिवार पनि बर्षा हुने !

    असार २७, २०७५
    २ करोड ३० लाख लागतमा पोखराको सृजनाचोकमा आकाशे पुल निर्माण गरिने
    कास्की

    २ करोड ३० लाख लागतमा पोखराको सृजनाचोकमा आकाशे पुल निर्माण गरिने

    असार २७, २०७५
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ८ अर्ब विनियोजन
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई थप जग्गा नदिने स्थानीयको चेतावनी

    असार २७, २०७५
    पोखराको ३ ठाउँमा श्रृंखलाबद्ध बम बिष्फोट
    कास्की

    पोखरा रंगशालामा बाँकी रहेका भौतिक संरचना पुनः निर्माण शुरु

    असार २७, २०७५

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    असार २७, २०७५
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    असार २७, २०७५
    बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु
    कास्की

    बिहेमा हिँडेका युवक पोखरामा मृत फेला

    असार २७, २०७५
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    असार २७, २०७५
    पछिल्लो न्यूज
    पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस सुरु

    पोखरामा पश्चिमाञ्चल क्षेत्रिय स्तरिय बक्सिङ र टेबुल टेनिस सुरु


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 720 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News