आजको राशिफल – असार २८ गते बिहीबार (भिडियो सहित)

पोखरा न्यूज -२८, असार ।

वि.सं. २०७५ असार २८ गते बिहीबार तदनुसार ई. सं. २०१८ जुलाई १२ तारिख,

असार कृष्ण चतुर्दशी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, ध्रुव योग, शकुनि र चतुष्पाद करण

आजको चाडपर्व र उत्सव : दर्शश्राद्ध, निशि बार्ने दिन,

आजको मूहुर्त : अग्निवास(होमादि),

भोलिको चाडपर्व र उत्सव : स्नानदानादिका लागि औंसी (अमावस्या), हलो बार्ने दिन, भानु जयन्ती,

भोलिको मूहुर्त : घर छाउने/ढलान गर्ने,

आजका लागि अशुभ समय :–

राहु काल : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म

यमघण्ट : बिहान ०५:१७ देखि ०७:०० सम्म

गुलिक काल : बिहान ०८:४३ देखि १०:२६ सम्म

काल वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म

रोग वारवेला : बिहान ०७:०० देखि ०८:४३ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : साँझ ०५:१८ देखि ०८:१८ सम्म

लाभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म

भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

पराक्रम स्थानमा कमजोर चन्द्रमा भएकाले मिश्रित प्रभाव भएको दिन छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नु पर्ने दिन हो, आज । आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ । सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ । कृषि तथा पशुपालनमा लागत बढ्नेछ । पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ । तापनि मिहिनेत गर्दा फाइदा नै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने

के नगर्ने : साथीभाइको बेवास्ता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

शुभरङ्ग : सेतो वा उज्यालो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी

के नगर्ने : बोलीवचनमा कडापन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क भने लाग्न सक्छ । कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईष्र्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : गणेश

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : मन उत्ताउलो नबनाउने

के नगर्ने : हतारमा निर्णय

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार/व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । नयाँ योजना कार्यान्वयन गर्दा लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिनेछ तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । धेरै टाढाको यात्रा गर्नु हानिकारक बन्नसक्छ । पतिपतगबिीच घरसल्लाह नमिल्न सक्छ । अनजानको गल्तीले हानि पुर्याउन सक्छ, सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : कालभैरव

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी

के नगर्ने : याचकको अपमान

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

शुभरङ्ग : सेतो वा सुन्तले

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/बैजनी

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने

के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

कर्मक्षेत्रको निर्बल चन्द्रमाका कारण विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु आवश्यक छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नु जायज हुनेछ । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । व्यापारमा भने फाइदै हुनेछ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : भोलेशङ्कर

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने

के नगर्ने : उदासीनता/नैराश्यता

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मिश्रित प्रभाव भएको दिन छ । अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । तर भाग्यमा चन्द्रमा रहेकाले धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : विष्णु

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : कुलधर्म र परम्पराको अनुसरण

के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आहारविहारमा तलबितल पर्ने सम्भावना छ । गोपनीयता भङ्ग हुने खतरा छ ।

शुभरङ्ग : ध्वाँसे

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : सङ्कटा देवी

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : तीव्रगति र हडबड

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । नयाँ मित्र बनाउन पाइने छ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ ।

शुभरङ्ग : सुन्तले

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : विष्णुलक्ष्मी

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल

के नगर्ने : परिवारको बेवास्ता

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : गणेश

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : खानपानमा नियन्त्रण

के नगर्ने : आवेग, घमण्ड र क्रोध

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । भाइबहिनीको क्रियाकलापले सन्तुष्ट भइने छ ।

शुभरङ्ग : गाढा हरियो

शुभअङ्क : ५

शुभदिशा : पूर्व

इष्टदेवता : सूर्यदेव

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने

के नगर्ने : अल्छी र अकर्मण्यता

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ ।

शुभरङ्ग : गाढा रातो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : शिवर्पावती

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने

के नगर्ने : गोपनीयता भङ्ग

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

स्रोत – ज्योतिष साथी, कृष्ण प्रसाद कोइराला

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button