भानु र घाँसीको शालिकमा माल्र्यापण

पोखरा न्यूज -२९, असार ।
आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्तीका अवसरमा भानु घाँसी स्मारक पार्क संरक्षण समिति तनहुँले आज घाँसी कुवामा प्रवचन कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा सहभागीले भानु र घाँसीको शालिकमा माल्यार्पण गरेका थिए । उनीहरुले भानुभक्तको योगदान अहिले पनि त्यतिकै महत्वपूर्ण रहेको बताएका थिए ।

राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नपाका प्रमुख वैकुण्ठ न्यौपाने, संरक्षण समितिका अध्यक्ष तीर्थराज भट्टराई लगायतकाले भानु र घाँसीको शालिकमा माल्यार्पण गरेका हुन् ।

विसं २०५ औँ भानुु जयन्तीकै अवसरमा आज चुदी रम्घामा प्रभातफेरी गरिएको छ । कवि एवं साहित्यकारहरुले भानुप्रति श्रद्धा सुमन व्यक्त गर्दै कविता वाचन गरेका थिए ।

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले दमौलीमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा दुई दर्जनभन्दा बढी साहित्यकारले भाग लिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button