Pokhara News

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

पोखरा न्यूज -२९, असार ।
दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गरे ।

प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताए ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ । यही असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।

अन्य खबर

अन्तर्राष्ट्रिय ब्याडमिन्टन शुरु

रासस

‘दोहा २०२२ का लागि तयार छ’– महामहिम राजदुत युसुफ बिन

पोखरा न्युज

खेलकुदलाई समृद्धीको आधार बनाउन जोड दिनु पर्छ – मुख्यमन्त्रि गुरुङ

पोखरा न्युज
खुल्दैछ.......