२ सय ५ औं भानु जयन्ती पोखरामा पनि धुमधामका साथ मनाइयो

भानु वाङमय प्रतिष्ठानबाट न्यौपाने सम्मानित

पोखरा न्यूज -२९, असार ।

आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्म जयन्ती शुक्रबार पोखरामा पनि धुमधामका साथ मनाइएको छ । भानु वाङमय प्रतिष्ठान पोखराको अगुवाईमा शुक्रबार पोखरामा बाजागाजा सहित शोभा यात्रा निकाल्दै पोखरामा धुमधामका साथ भानु जयन्ती मनाईएको हो । शोभा यात्रामा सशस्त्र प्रहरी बल र नेपाली सेनाले व्याण्ड बाजा समेत प्रस्तुत गरेका थिए भने शोभा यात्रामा साहित्यीक संघ संस्था, सुरक्षा निकायका तिनवटै अंग, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल, नागरिक समाज, बिद्यार्थी, संचारकर्मी लगायतको सहभागता रहको थियो । पोखराको मानव अधिकार चोकबाट सुरु भएको प्रभात चिप्लेढुंगा, रानीपौवा हुँदै भानुभक्त मार्गमा पुगेर समापन भएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा भानु वाङमय प्रतिष्ठानका अध्यक्ष सरुभक्त श्रेष्ठले राष्ट्रिय विभुतिको रुपमा रहेका भानुभक्तको चर्चा परिचर्चा गर्न र यसको ऐतिहासिक बिषय बस्तु माथि प्रकाशस पार्ने गरी साहित्यीक पर्यटकीयको नयाँ गन्तव्यको रुपमा भानु पार्कलाई बिकास गर्नुपर्नेे बताए । नेपाल पर्यटन बोर्डले पनि आगन्तुक पाहुनाको लागि साहित्यीक नयाँ गन्तव्यको रुपमा भानु मार्ग (भानुपार्क) लाइ समेत समेट्नु पर्ने उनको माग छ । भानुभक्तको उपयोगितालाई सामाजिकिकरण गर्नुपर्ने उनको भनाई थियो । भाषाले सबैलाई एक सुत्रमा बाधेको कुलपति श्रेष्ठले जनाए ।

गण्डकी प्रदेशका सांसद मिना गुरुङले भानुपार्कलाई व्यवस्थित पार्न आवश्यक पर्ने भौतिक संरचना निमार्णमा सहयोग गर्ने बताइन। उक्त भानुपार्क व्यवस्थित पार्ने काममा स्थानिय रुपमा सक्रिय हुनुपर्ने उनको भनाई थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भानुभक्तका कवितामा उद्यमशिलतामा जोड दिएको पाईने जनाए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मोहन बहादुर बाँस्तोलाले महानगरले असार ४ गते देखि सम्झौता रोकेकाले नयाँ आर्थिक बर्षको सुरुमै पार्कको गेट सहितको भौतिक पुर्वाधारको काम हुने वचन दिए । उनले भने “महानगरमा अझै पनि काम गर्न कठिनाई छ, १९ हजार ल्याउनको लागि १९ पटक महानगर धाउनु परेको गुनासो पनि मलाई केहिले सुनाए । ” प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रम संयोजक हनिफ मियाले पोखरा लेखनाथ महानगरपालिकाले भानुभक्त पार्क सहितका भौतिक पुर्वाधार निमार्णमा महानगरले चासो नदिएको गुनासो गरे ।

कार्यवहाक सचिव पद्मराज ढकालले संचालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन भानु मार्ग आमा समुहका अध्यक्ष मिठ्ठु गुरुङले गरेकी हुन। प्राज्ञ हरिदेवि कोईराला, प्रदिप भक्त आचार्य, उपेन्द्र अधिकारी, चन्द्रा शर्मा लगायतले कार्यक्रममा कविता वाचन गरेका थिए ।

पोखराको नारायण क्याम्पसमा गत बर्षको स्नातकोत्तर नेपाली बिषयमा उत्कृष्ट हुन सफल बिनु न्यौपानेलाई नगद १० हजार सहित उक्त अवसरमा सम्मान गरिएको हो । ६० प्रतिशत अंक ल्याउदै उत्कृष्ट हुन सफल न्यौपानेलाइ पोखराका पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले उक्त नगद पुरस्कार सहयोग गरेका हुन । नेपाली भाषाको संरक्षण गर्दै नेपाली भाषामा युवा पुस्तालाई आकर्षण गर्न उक्त पुरस्कार स्थापना गरिएको भट्टराईको भनाई छ। प्रतिष्ठानले भानु मार्गमा भवन, पुस्तकालय, संग्राहलय लगायतका भौतिक संरचना निमार्ण गर्ने योजना अघि सारेकोे छ। सांसद मिना गुरुङलाई सदस्यमा चयन गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button