Pokhara News

बागलुङमा ‘बम–सरस्वती स्मृति पुरस्कार’ समीरलाई

तस्बिर फेसबुकबाट

पोखरा न्यूज -३०, असार । 
धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ युवा साहित्यकार प्रकाश समीरलाई शुक्रबार प्रदान गरेको छ ।

बागलुङमा आयोजित २०५ औं भानु जयन्ती समारोहमा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले उनलाई रु दश हजार राशिसहित पुरस्कृत गरे । गोधुली साहित्यिक प्रतिष्ठानका अध्यक्ष समीरका ‘आँशुका सौगातहरु’ गजल सङ्ग्रह, ‘श्रीपेच नभएका राजाहरु’ निबन्ध सङ्ग्रह, ‘जिन्दगी’लगायत पुस्तक प्रकाशित छन् । बागलुङ घर भई हाल बेल्जियममा बस्ने कवि दीपेन्द्र केसीद्वारा हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वतीका स्मृतिमा स्थापित पुरस्कारबाट पुरस्कृत हुनेमा समीर चौथो प्रतिभा हुन् ।

सो अवसरमा संस्कार नेपालका अध्यक्ष पशुपति गुरुङलाई समेत प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका सदस्य सचिव राम अविरलले बताए । समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले कला, भाषा र साहित्यको जगेर्ना र संरक्षण गर्नुपर्ने बताए । भानुजयन्तीमा प्रतिष्ठानले कविता गोष्ठी, भानु चित्र लेखनलगायत कार्यक्रम गरेको छ ।

अन्य खबर

कडाइका साथ सुशासन र तीव्रताका साथ विकास : प्रधानमन्त्री

रासस

भानु र घाँसीको शालिकमा माल्र्यापण

रासस

बागलुङमा समीरलाई ‘बम–सरस्वती स्मृति पुरस्कार’

रासस
खुल्दैछ.......