अधिकृत पौडेलको शव भिमादको सेती नदीमा भेटियो

पोखरा न्यूज -३०, असार।

पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल मृत अवस्थामा भेटिएका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शनिबार बिहान तनहूँको भीमाद–६ सेती नदीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

विगत २१ दिन देखि बेपत्ता भएका बरिष्ठ अधिकृत पौडेल घोप्टो परेको, शव फुलेको, दुर्घन्धित अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरिक्षक ज्ञानेन्द्र क्षेत्रीले बताए । उनका अनुसार उनका अफान्तले शव बुझेका छन् भने शवको पोष्टमाटम गर्नको लागि हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा शब पठाइएको छ । शनिबार करिब ६ बजे भीमाद सेती नदी किनारमा पौडेको शव भेटिएको हो भने उनका आफन्तले शवको पहिचान गरेसंगै पौडेलकै शव भएको पुष्टि भएको होे । उनको शरीरमा कुनै कपडा समेत नभएको अवस्थामा भेटिएको क्षेत्रीले जनाए । शव भेटिएको जानकारी पाउने बित्तिकै पौडेलका आफन्त भीमाद पुगेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका कार्यालयले वेपक्ता भएका पौडेलको खोजी कार्यमा जुट्न सबैलाई आव्हान गरेको थियो । पौडेलको घर परिवार, महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की सहित सिंगो कास्कीको सुरक्षानिकाय खटिदै आएका थिए । पौडेलले घरमा लेखेर छाडेको चिटको आधारमा उनले महेन्द्रपुलबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको थियो । सेतीमा हामफालेको भनिएको असार ९ गते बिहान सवा ५ बजे ओमराज पौडेल महेन्द्रपुल चोकबाट पुलतर्फ गएको सिसी टिभीमा समेत देखिएको र हामफालेको लगभग समय मिलेकोले पौडेल सेतीनदीमै हाम फाँलेको हुन सक्ने प्रहरीले आशंका गरेको थियो । स्थानिय शान्ति श्रेष्ठले असार ९ गते शनिबार बिहान एक व्यक्ति फोहोर फालेसरी महेन्द्रपुलको बिच भागबाट बेपत्ता भएको बताएकी थिईन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button