बेनीमा ९ किमी नयाँ सडक

पोखरा न्यूज -३०, असार ।

बेनी नगरपालिका क्षेत्रमा चालु आर्थिक वर्ष २०७४/७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ ।

नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो ।

१८ वटा योजना मार्फत ४.५ किलोमिटर पदमार्ग निर्माण, ०.८२ किमी सडक कालोपत्रे र ढलान, ४१ वटा योजनाबाट २७ किलोमिटर सडक मर्मत सम्भव भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिए ।

२२ वटा खानेपानी आयोजना निर्माण गरेको नगरपालिकाले १६ हजार मिटर खानेपानी पाईपलाईन विस्तार र आनन्दबगर, अर्थुंगे, कुरीलाखर्क र डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण भएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button