म्याग्दीको अधिकांश ग्रामीण सडक अवरुद्ध

पोखरा न्यूज -३०, असार ।

असार महिनाको अन्त्यसँगै म्याग्दीका अधिकाँश ग्रामीण सडक अवरुद्ध भएका छन् । अत्यधिक पानी पर्न थालेपछि ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् ।

जिल्लाका मुख्य/मुख्य सडक बेनी–जोमसोम, बेनी–पाखापानी, बेनी–दरवाङ, बेनी–दग्नाम र बेनी–बरँजा सडक खण्डमा समेत मुस्किलले यातायातका साधन सञ्चालनमा आएका छन् । ग्रामीण सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् भने दैनिक उपभोग्य वस्तु आयातमा समेत समस्या सिर्जना हुन थालेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक समेत बेला बेलामा अवरुद्ध हुने गरेको छ ।

बेला बेलामा सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र पर्ने गरेका छन् । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणधिन अवस्थामा रहेको छ । सडक विस्तारको क्रममा ठाउँ/ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

सडक निर्माणको जिम्मेबारी लिएकाले समेत अवरुद्ध पन्छाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै बेनीदेखि पुलाचौर जोड्ने सडकसमेत पानी प¥यो भने बन्द हुने गरेको छ ।

यसैबीच, मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउँदा दुईवटा बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । सिरकुम–टिकावाङ सडक विस्तारको क्रममा निस्किएको माटोलाई सिधैं खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको हो ।

सडक विस्तारको क्रममा मनपरी फालिएको माटोले पाइप बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button