पोखरा सिर्जनाचोकबाट पौने ४ लाख नगद सहित ७ जुवाडे पक्राउ

पोखरा न्यूज – ३० , असार  ।

पोखरा लेखनाथ महानगरपालिका  – ०८ सिर्जनाचोकबाट पौने ४ लाख नगद सहित ७ जना जुवाडे पक्राउ परेका छन्  ।

सिर्जनाचोक स्थित मार्फा गेष्ट हाउस एण्ड थकाली भान्छा घरका कविन तुलाचनले  जुवातास खेलाइरहेको अवस्थामा नगद रु ३ लाख ७५ हजार ४ सय २०  सहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अबैध रुपमा जुवा तास खेलाइरहेको छ  भन्ने गोप्य सुचनाको आधारमा  सादा पोशाकमा खटिएको प्रहरी टोलीले  ४ बुक तास र  नगद सहित  उनीहरुलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

डिएसपी  गुरुङका अनुसार पक्राउ पर्नेमा जुवा खेलाउने कविन तुलाचन सहित पोखरा लेखनाथ महानगरपालिका-९ महेन्द्रपुल बस्ने  ५१ बर्षीय भुपेन्द्र हिराचन, पोखरा लेखनाथ महानगरपालिका -७ एयरर्पोर्ट बस्ने बर्ष ३७ बर्षीया महिला  प्रेम कुमारी गुरुङ, पोखरा लेखनाथ महानगरपालिका -५ जिरो किमि बस्ने ४१ बर्षीय  ठाकुर प्रसाद गुरुङ, रोल्पा थवाङ गाउँपालिका -५ का ४५ बर्षीय दिल बहादुर घर्ति, म्याग्दी अन्नपुर्ण गाउँपालिका -३ बस्ने ३५ बर्षीया महिला  भिमा पुन तथा मुस्ताङ घरवाझोङ गाउँपालिका- ३ बस्ने ६० बर्षीय फनेल्द्र थकाली रहेका छन्

उनिहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button