ए एण्ड बी हस्पिटलमा घुँडा प्रत्यारोपण सफल परिक्षण

पोखरा न्यूज -३०, असार । 

पोखरा लेखनाथ महानगरपालिका – २ विन्ध्यवासिनी स्थित ए एण्ड बी इन्टरनेशनल हस्पिटलमा घुँडा प्रत्यारोपण सफल परिक्षण भएको छ । पोखरामा पहिलो पटक ल्याएको उक्त सेवा केहि महिना देखि संचालन गर्दै आए पनि हालसम्म ५ जानको घुँडाको सफल परिक्षण भएको हस्पिटलले दाबी गरेको छ ।

उक्त हस्पिटलमा हालै घूँडा प्रत्यारोपण गरेकी ७० बर्षीया शारदा सुवेदी यति बेला आफै हिडडुल गर्न सक्ने अवस्थामा छिन। पोखराको न्यूरोड घर भएकी सुवेदी २०४२ साल देखि घुँडाको समस्या भोग्दै आएकी हुन । ह्विल चियरमा अर्काको भरमा हिडडुल गर्नु पर्ने समस्याबाट ग्रसित भएकी सुवेदीले घुँडा प्रत्यारोपणसंगै आफ्नो घुंडामा देखिएको समस्या हल भएसंगै अर्को जुनी पाएको बताइन्। पोखरा प्रस्याङका कृष्ण सुनार मझेरीपाटनमा विल्डिङकन्स्ट्रक्सनको काम गर्ने शिलशिलामा ३ तलबाट खसेका सुनार आफ्नो हिपको गेडी फेरेसंगै हाल सहज ढंगले काम गर्न सक्ने अवस्थामा पुगेको बताए ।

घुँडा खिइएका बिरामीलाई हिडडुल गर्न कठिन हुने गरेको, केहिलाई बाथले गर्दा घुँडाको दुखाईले हिडडुल गर्न कठिन हुने हुदा यसको सफल शल्यकृया सहित घुँडा प्रत्यारोपण गर्न हस्पिटलले सुरु गरेको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । हिप जोर्नी फुटेका बिरामीहरुलाई समेत आफुहरुले सफल उपचार गर्न सक्ने भएको हस्पिटलका निर्देशक डा. रवि मोहन ढकालले बताए । विगत केहि महिना अघि देखि घुँडा प्रत्यारोपण गर्न सुरु गरे पनि केहिलाई जानकारी नहुदा घुँडाको उपचारको लागि कास्की बाहिर जाने गरेको उनको भनाइ छ । घुँडाका बिरामीलाइ घुँडा प्रत्यारोपण गर्न करिब साँढे ३ लाख लाग्ने बताएका डा. ढकालले अमेरीकामा उस्तै प्रकृतिको घूडा प्रत्यारोपण गर्दा कम्तिमा ८० हजार डलर खर्च लाग्ने डा. ढकालले जनाए । घूँडा प्रत्यारोपण गरेका बिरामीले भने सकभर लड्ने गरी काम नगर्न आग्रह गर्दै डा. ढकालले शारीरलाई बढी बोझ हुने गरी काम नगर्न सल्लाह दिएका छन। ढाँड दुख्ने, कमर दुख्ने, कुम दुख्ने, कुर्कच्चा दुख्ने, जोर्नी दुख्ने, हड्डी खिइएको, नशा च्यापिएको तथा मेरुदण्ड सम्बन्धि समस्याको समेत उपचार हुने उनले जनाए ।

अमेरीका देखि घुँडा प्रत्यारोपणका लागि सामान ल्याइने भएको हस्पिटलका ऋषि खतीवडाले बताए । उक्त घुँडा प्रत्यारोपण गरेसंगै ३० बर्षको ग्यारेन्टी हुने उनले जनाए । सर्जरी सेवा, हाडजोर्नी, नसा पेट, मुटु, छाती, मधुमेह, थाईराइड, प्रसुती तथा स्त्रीरोग, क्यान्सर, मृगौला तथा पिशाव, आन्द्रा, कलेजो, नाका,कान, घाँटी लगायतका बिशेषज्ञहरुबाट ओ.पि.डी. सेवा जारी राखेको खतिवडाले जनाए ।

विगत ९ बर्ष देखि फिजियोथेरापी तथा अकुपेशनल थेरापी उपचार सेवा प्रदान गर्दै आएको हस्पिटलले अप्रेशन थियटर, आईसियु, पोष्टअफ, ईमर्जेन्सी सेवा सहितको गरी हाल २५ शैयामा संचालन भएको हस्पिटलका निर्देशक डा. रवि मोहन ढकालले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button