सिरहामा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

पोखरा न्यूज -३१, असार ।

सिरहाको छुट्टाछुटै स्थानमा भएको घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ ब्रह्मपुरी निवासी हरिराम साहको पाँच वर्षीय छोरा अजित कुमार साहको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय बाबाजी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यस्तै आफ्नै घरमा बिजुलीको पंखाको तार जोड्ने क्रममा आज बिहान करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका ५५ वर्षीय सगमलाल महतोको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button