एन्फा कप कास्कीः छात्र तर्फ अमरसिंह र शैनिक फाइनलमा प्रवेश

पोखरा न्यूज -३१, असार ।

अखिल नेपाल फुटबल संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा संचालन भइरहेको एन्फा कपको छात्र तर्फ अमरसिंह माबी र शैनिक आवाशिय माबी फाइनलमा प्रवेश गरेका छन ।

आइतबार भएको सेमीफाइनलमा अमरसिंहले टप्स माबीलाई २–१ ले र शैनिकले सडेन डेथमा शिसु कल्याणलाई ४–३ गोलले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन ।

अमरसिंहलाई फाइनलमा पु¥याउन मनोज नेपालीले एक्लैले दुइ गोल गरेका थिए भने टप्सका लागि देब गुरुङले एक गोल फर्काए ।
यता शैनिक र शिसु कल्याणका विचको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा पुगेको थियो । तर खेलको नतिजा भने सडेन डेथमा पुगेर सम्भव भयो ।

यसैगरि छात्रा तर्फ तारा कुञ्ज माबी र चिल्ड्रेन एकेडेमी फाइनलमा प्रवेश गरेका छन । तारा कुञ्जले अमरसिंह माबीलाई १–० गोलले पराजित गरेको थियो । तारा कुञ्जका लागि बेल माया गुरुङले निर्णायक गोल गरिन ।

यता चिल्ड्रेन एकेडमीले विन्दबाशिनी मावीलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । अर्पिता गुरुङको एक मात्र गोलले चिल्ड्रेन एकेडेमीलाइ फाइनलको यात्रा तय गरायो ।

कास्की फुटबल संघका उपाध्यक्ष विश्व तण्डुकारका अनुसार दुबै तर्फका फाइनल खेल सोमबार दिउसो हुनेछन । प्रतियोगितामा छात्र तर्फ ३७ र छात्रा तर्फ १३ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button