पोखरा २३ मा रुख ढल्दा ४ लाख बराबरको क्षति

पोखरा न्यूज- ३२ असार ।

पोखरा लेखनाथ महानगरपालिका -२३ खोरपाखामा रुख ढल्दा रु ४ लाख बराबरको क्षति भएको छ ।

आइतबार  राती परेको अबिरल बर्षाको कारण रुख ढलेर लिलाधर पौडेलको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पौडेलको घर नजिकै रहेको पाखुरीको रुख ढल्दा ढुंगा माटोले बनेको १ तले घर र गोठ पुर्णरुपमा क्षति भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button