पोखरामा पार्किङमा राखेको कारमा आगलागी

पोखरा न्यूज – ०१, साउन ।

पोखरामा  पार्किङमा राखेको कारमा अचानक आगलागी भएको भएको छ ।

पोखरा लेखनाथ महानगरालिका – ८ न्युरोड स्थित भाटभटेनीमा पार्किङ गरेर  राखेको बा ८ च १०५० नम्बरको  कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।  भाटभटेनीको अन्डर ग्राउन्ड पार्किङमा पार्किङ गरेर राखेको निजि कारमा मंगलबार दिउसो करिब पौने १ बजेको समयमा आगलागी भएको हो । आगलागीबाट कारको अगाडिको भाग र इन्जिनमा क्षति पुगेको प्रहरी उपरीक्षक बिरेन्द्रे कुमार बस्यालले जानकारी दिए ।

कार भित्रको ब्याट्री सर्ट भएर आगलागी भएको हुनसक्ने  प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button