पोखरा सौराह सिधा बस संचालन

विमान दुर्घटनाको लाभ अब विदेशी सरह नेपालीलाई पनि लागु हुन्छ मन्त्री अधिकारी

पोखरा न्यूज -१, साउन । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले हवाई दुर्घटनामा पर्दा नेपाली यात्रु र विदेशी यात्रु बिच भएको बिभेदको अन्त्य गर्ने बताएका छन।

पोखरा र सौराह क्षेत्रको पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले मंगलबार देखि पोखरा देखि सौराहमा अत्याधुनिक सुविधा भएको (भिआईपि डिलक्स) सिधा बस सेवाको उद्घाटन गर्दै मन्त्री अधिकारिले हवाई दुर्घटनामा पर्दा नेपाली यात्रु र विदेशी यात्रुमा भएको ठुलो विभेदलाई छिट्टै अन्त्य गर्ने दाबी गरेका हुन। उनले भने “ हवाई दुर्घटना हुदा नेपालीलाई २० लाख र त्यही दुर्घटनामा परी मृत्यु हुने विदेशीलाई डेढ करोड यस्तो विभेदकारी निती हामीले अब परिवर्तन गरी सवैलाई समान गर्ने तयारी गरेका छौं । ”

मन्त्री अधिकारीले हवाई मार्गको विकल्पमा पोखरा सौराहको पर्यटन प्रवद्धनमा अत्याधुनिक बस सेवा संचालनले दुबै क्षेत्रको पर्यटन प्रवद्धन हुने विश्वास व्यक्त गरे । पोखरा, सौराह र लुम्बिनीलाई जोडेर ट्राङगलको रुपमा विकास गर्न सके हालको पर्यटनको सङख्यामा दोब्बरले बृद्धि हुने मन्त्री अधिकारीको दाबी छ । हवाई मार्गको विकल्पमा देशको दोश्रो, तेश्रो पर्यटकीय गन्तव्यलाई जोड्न सके काठमाण्डौं आउने पर्यटकहरु भन्दा अझ बढी हुन सक्ने मन्त्री अधिकारीको भनाई छ।

आगामी २० दिन भित्र अर्को जहाज भित्रिने उनले दाबी गर्दै हवाई मार्गबाट नेपालीमा धेरै पर्यटकहरु भित्राउन सके मात्र २०२० मा २० लाख पर्यटक भित्राउन सकिने उनको भनाई थियो । पर्यटन क्षेत्रमा एक लाख सिप मुलक तालिम दिदै युवाहरुलाई उतिकै सङख्यामा रोजगार दिलाउने सरकारको योजना भएको उनले जनाए । पोखराको पर्यटन क्षेत्र विस्तार भएर लेकसाईड बराबरको अन्य क्षेत्रमा विस्तार भए झै सौराहको पर्यटनको क्षेत्र विस्तार गरी सवै पर्यटनकीय क्षेत्र सौराहसंग जोड्नु पर्ने मन्त्री अधिकारीको भनाई छ। प्रदेश नम्बर ३ का भूमि व्याबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृर्षि मार्फत युवा लक्षित कार्यक्रम ल्याउदै प्रदेश सरकारले युवाहरुलाई रोजगार दिलाउने योजना बनाएको बताए ।

प्रदेश ३ का सांसद गिता वाग्लेले आनसग्रहणमा प्रोटोकल मिलाउन नसकेकोमा गुनासो गर्दै सक्ताधारी पक्षलाई संकुचित भावनामा नहिड्न चेतावनी दिईन। उच्च स्तरिय सेवासहित महिला, जेष्ट नागरिक, अपाङगता भएकाहरुको लागि सिट, स्वास्थ्यकर खानानाफा भन्दा सेवामुखि हुन उनले आग्रह गरिन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले आफ्नो नगर क्षेत्रको पर्यटन प्रवद्धन गर्न यस आर्थिक बर्षमा ६ करोड बजेट विनियोज गरेको बताउदै पोखरा सौराह सिधा बस सेवा संचालनको क्रममा केहि समस्या आए त्यसको हल गर्न आफु तयार रहेको जनाए। नेकपाका केन्द्रिय सदस्य देवि ज्ञावालीले पोखरा दोश्रो र सौराह पर्यटकीय दृष्टिले तेश्रो गन्तव्य भएकोले दुबैको समन्वयमा पर्यटन प्रवद्धन हुन सके प्रथम हुने दाबी गरे । उनले अझै पनि आम जनता गुन्द्रक खादे झै खादियर यात्रा गर्नुृ पर्ने बाध्यकारी समस्या रहेको उल्लेख गरे । क्षेत्रीय होटल संघ चितवन सौराहका अध्यक्ष सुमन घिमिरेले सौराहमा हाल बार्षिक २ लाख पर्यटकहरु आउने गरेकोले यस्तै प्रकारको सेवा विस्तारसंगै नारायणगढ मुग्लिङ सडक खण्डको पहिरो नियन्त्रण गर्न सके सके एक बर्षमै ५० प्रतिशत पर्यटकहरु बृद्धि गर्न सकिने दाबी गरे ।

प्रालिका अध्यक्ष केशव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सृजना अर्याल, प्रा.लि.का संचालक धर्मराज अधिकारी, दामु अधिकारी लगायतले बोलेका थिए ।

पोखरा जगदम्बा ट्राभल्स प्रा.लि.ले पोखरा, सौराहमा गुणस्तरिय पर्यटकहरुको लागि लक्षित गरी प्रभारम्भिक चरणमा दुई वटा बसबाट उक्त सेवा संचालन गरेको प्रा.लि.का संचालक केशव प्रसाद अधिकारीले बताए ।

बसभित्रै मिनीबारको सुविधा रहेको छ भने खाजा खानाको समेत सुविधा रहेको छ । पोखरा देखि सौराहको भाडा शुल्क भने एक हजार ५ सय रुपैया लाग्ने भएको अधिकारीले जनाए । पोखरा र सौराहका पर्यटकहरुको माग अनुसार हाल दुई वटा बसबाट उक्त सेवा सुरु गरेसँगै माग भए पुनः थप बस संचालनमा ल्याउने उनले जनाए । उक्त गाडी करिब २ करोड लगानीमा संचालनमा आएको कम्पनिले जनाएको छ । बिहान ८ बजे पोखराबाट तथा सौराहबाट छुट्ने बस सौराह तथा पोखरा करिब ५ घण्टा वा दिउँसो १ बजे पुग्ने गरी बस संचालन हुने भएको हो ।

हरियो प्लेटमा हाल संचालन हुने उक्त बस सेवा बिस्तारसंगै प्रालिले भदौं एक गते देखि पोखरा लुम्बिनी सिधा बस सेवा संचालनको तयारी गरेको प्रालिका संचालक अधिकारीले जनाए । प्रालिले केहि बर्ष देखि पोखरा काठमाण्डौंमा दैनिक ४ वटा अत्याधुनिक सुविधा सम्पन्न बस सेवा संचालन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button