पोखरा फोटोग्राफर संघको स्थापना दिवसमा फोटोग्राफी अवार्ड वितरण गर्ने

पोखरा न्यूज -०२, साउन । 

पोखरा फोटोग्राफर संघले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको छ । संघको ३७ औं स्थापना दिवसको अवसरमा संघले विभिन्न विधामा फोटोग्राफी अवार्ड वितरण गर्ने घोषणा गरेको छ ।

फोटोग्राफीमा आवद्ध भएकाहरुको दक्षता अभिबृद्धिका साथै सिपलाई उजागर गर्नका लागि उक्त अवार्ड वितरण गरिने भएको संघका अध्यक्ष तुल्सीराम सुवेदीले बताए । लाईफटाईम अचिभमेन्ट फोटोग्राफी अवार्ड, फोटोग्राफर अफ दी ईयर, मिलन युथ ईनर्जेटिक फोटोग्राफी अवार्ड, दैनिक जनजिवन तथा संस्कृति र पर्यटन, वातावरण र प्रकृती सम्बन्धि फोटोग्राफी अवार्ड वितरण गरिने भएको अध्यक्ष सुवेदीले बताए । लाईफटाईम अचिभमेन्ट अवार्डमा नगद पुरस्कार २५ हजार ५ सय ५५ रहेको छ भने फोटो ग्राफर अफ दी ईयरमा १५ हजार ५ सय ५५ रहेको छ भने अन्य ४ वटा विधाका अवार्डमा जनहि ५ हजार १ रुपैया पुरस्कार रहेको छ । उक्त पुरस्कार स्थापनाको लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुले छुट्टा छुट्टै रुपमा करिब ५ लाख बराबरको अक्षयकोष समेत स्थापना गरेका छन। असोक वाटाजुले लाईफटाईम अवार्डको लागि ३ लाखको अक्षयकोष स्थापना गरेका हुन। कैलास सहकारीले एक लाख, मिलन ग्रुपले ५० हजार र रामचन्द्र/तारा पोख्रेलले ५० हजारको अक्षयकोष स्थापना गरेका हुन। संघमा हाल एक सय ८० जना सदस्य रहेको सचिव पर्शुराम शर्माले बताए । १५ बर्ष कम्तिमा फोटोग्राफी गरेको, ४० बर्ष माथिको उमेर समुहको यस गण्डक प्रदेशमा फोटोग्राफीमा उल्लेखनिय रुपमा योगदान दिएको व्यक्तिलाई सम्मान गरिने भएको छ भने फोटोग्राफी अफ दी ईयर र मिलन युथ ईनर्जेटिक फोटोग्राफी अवार्डको विधामा संघमा आवद्ध भएकाहरुको लागि छनौटको प्रकृया पुरा गरी उत्कृष्ट छनौट गरिने भएको सचिव शर्माले जनाए । अन्य विधामा गण्डकी प्रदेशमा रहेर फोटोग्राफी काम गरेको जो कसैले छनौटको प्रकृया पुरा गरी सहभागि हुन पाउने भएको छ । उक्त अवार्ड भदौं ३ गते फोटोग्राफी दिवसको अवसरमा अवार्ड वितरण गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले उक्त पुरस्कारको निरन्तरताको कामना गर्दै नयाँ पुस्तालाई फोटोग्राफी पेशामा आउन यस्ता पुरस्कार र अवार्डले थप हौसला मिल्ने दाबी गरे । कैलास सहकारीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले युवाहरुको लागि उर्जा थप्न विभिन्न विधामा पुरस्कार स्थापना भएसंगै आफुहरुले पनि अक्षयकोष स्थापना गरेको बताए । सल्लाहकार जैनवकुमार राजभण्डारीले पहिलो पटक पोखरामा संघको स्थापना दिवस मनाएको बताए । संघको ३७ औं स्थापना दिवसमा दिप प्रज्वलन तथा केक काटेर स्थापना दिवस मनाइएको हो ।

Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close