गण्डकी प्रदेश देशकै नमुना प्रदेश – प्रम ओली

बार्षिक २ अर्व उच्च शिक्षाको लागि विदेशीने गरेको प्रधानमन्त्री– ओली

पोखरा न्यूज -०३, साउन । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश देशकै नमुना प्रदेश रहेको बताएका छन। गण्डकी प्रदेश सभामा बिहिबार बिशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, प्राकृतिक, पर्यटकीय लगायतका दृष्टिले धेरै सम्भावना भएको देशकै नमुना प्रदेश रहेको बताएका हुन।

गण्डकी प्रदेशमा शिक्षा, स्वास्थ्यको केन्द्र र पर्यटनको हब बनाउनु पर्ने बताउदै प्रधानमन्त्री ओलीले अझै पनि नेपालबाटै उच्च शिक्षाको लागि ५० लाख खर्च गरेर बार्षिक ४ सय जना विदेशीने गरेको बताए । उच्च शिक्षाको लागि २ अर्ब बराबरको रकम विदेशीएको बताउदै उनले यसलाई यही रोक्दै विदेशबाट समेत अध्ययनको लागि विदेशीहरुलाई नेपालमा आउने वातावरण बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

गण्डकी प्रदेशमा हिमाल देखि पहाड हुदै तराईसम्म धेरै पर्यटकीय र फिल्मीका दष्टिले धेरै सम्भावना रहेकोले यस प्रदेशलाई फिल्मि सिटि घोषणा गरे संगै दुई बर्षमै आधा मुम्बै प्रदेशमा आउने दाबी गर्दै प्रधानमन्त्री ओलीले विभिन्न फिल्महरुको छायाङकन र पर्यटकहरुको यस प्रदेशमा भिड लाग्ने दाबी गरेका हुन। यस प्रदेशमा रहेका नदी तथा नालाहरुलाई कृतिम तालको रुपमा विकास गर्दै फिल्महरुको लागि छायाङकन गर्न मिल्ने गरी फिल्म नगरीको रुपमा विकास गर्न संघिय सरकारले सहयोग गर्ने बताउदै प्रधानमन्त्री ओलीले प्रदेश सरकारले यसलाइ मुर्त रुप दिनुपर्ने बताए । गण्डकी प्रदेशलाई फिल्म सिटिको रुपमा विकास गर्न सरकार तयार रहेको अवस्थामा भारतबाट फिल्मी कलाकारको टोली केहि दिनमा गण्डकी प्रदेशमा आउने भएको प्रधानमन्त्री ओलीले बताए।

विकासको निम्ति सुसासन आवश्यक भएको बताउदै उनले प्रदेश सरकारले जनताहरुलाई महशुस हुने गरी सामाजिक जागरण सहितको परिवर्तनको आभास दिन निर्देशन दिए । उत्पादनमा बृद्धि गरी रोजगारको सृजना गरी प्रति व्यक्ति आयमा बृद्धि गरी आर्थिक विकास र समृद्धि हासिल हुने उनको भनाई थियो ।

नेपालमा अब तुईन मुक्त क्षेत्र बनाउने दाबी गर्दै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा कुनै तुईन भए त्यसलाई बिस्थापन गरी झोलुङगे पुल तथा पुल निमार्ण गर्ने बताए । ४७ वटा तुईन हालसम्म बिस्थापन गरी झोलुङगे पुल तथा पुल राखेको उनको भनाई थियो।

नेपालको पुर्व पश्चिममा रेल र पानी जहाज चलाउने कुरामा केहिले मजाक गरे पनि यसलाइ आफुहरुले सार्थक पारी छाड्ने प्रधानमन्त्री ओलीको भनाई छ । नदीबाट समुद्रसम्म, रक्सौलबाट काठमाण्डौंसम्मको रेल मार्गको लागि अध्ययन जारी रहेको उनले जनाए । उनले भने “ नेपालमा चल्ने रेलले आउदा विदेशबाट सामान ल्याउछ, फर्किदा के लैजान्छ भनेर धेरैले चिन्ता गर्नु भएको छ, तर हामीसंगै जडिवुटि युक्त विश्वमै नभएको पिउने पानी उत्पादन गरी हामीले विदेशमा पानी पठाउनु पर्छ । ” विश्वका धेरै मुलुकमा नेपालमा पाईने जडिवुटि युक्त पानीको व्यापक प्रचार प्रसार गरी महङगोमा विक्रि गर्न सके यसबाट नेपालले आर्थिक लाभ लिन सक्ने प्रधानमन्त्री ओलीको भनाई छ । भारत र चिन दुई देश बिचको सम्बन्ध सुमधुर राख्दै स्वदेशमा उत्पाद भएका बस्तुको बिक्रि गर्ने राम्रो बजार नेपालीहरु माझ भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कृषि आधुनिकिकरण र व्यवसायिक रुपमा तथा थोरै लगानीमा धेरै प्रतिफल पाउने तर्फ लाग्न कृषकलाई आग्रह गरे ।

पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओली सिनेट बैठकको अध्यक्षता गर्न आएको अवसरमा प्रदेश सभामा सम्बोधन गरेका हुन् । प्रदेश सरकारका अनुसार प्रधानमन्त्री ओलीले संसदमा १२:४० देखि २:१५ सम्म सम्बोधन गर्ने समय निर्धारण गरिएको भए पनि प्राविधिक कारणवश उनी करिब २ घण्टा ढिलो कार्यक्रममा सहभागि भएका थिए । बिहिबार बिहान पोखरा अवतरण गरे लगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका हुन। रन वे सहितको भाग अवलोकन गर्दै प्रधानमन्त्री ओलीले पोखरा विमानस्थल निमार्णको काम आफुले सोचे अनुरुप भएको बताए । पोखरा विमानस्थलको लागि आवश्यक परे पुर्व पट्टिको रिट्टे डाँडा कटान गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले निर्धारित मिति भित्र पोखरा विमानस्थल निमार्ण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा विमानस्थल निमार्णको काम हालसम्म करिब १५ प्रतिशत पुरा भएको दाबी गरे । पोखरा विमानस्थलको हाल कुनै समस्या नरहेकोले तोकेको मिति भन्दा केहि समय अघि नै विमानस्थल निमार्ण हुने विश्वास व्यक्त गरे ।

यसैबिच, प्रधानमन्त्री ओलीलाई कालो झण्डा प्रर्दशन गर्ने नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति पार्टीका समर्थित बिद्यार्थीहरु पक्राउ परेका छन। प्रदेश सभाको मुख्य गेट अगाडी र अम्मरसिंहचोकमा कालो झण्डा प्रर्दशन गर्ने २३ बिद्यार्थीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले बताए । बिहिबार साँझ उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ । दिपक शर्मा वाग्ले, नेत्र चापागाई, भानु ढकाल, रेसम सापकोटा, राजु सापकोटा, समिति केसी, विकास गुरुङ लगायतका बिद्यार्थीहरु पकाउमा परेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button