बैंकक जान लागेका मुआथाई खेलाडीलाई बिदाई

पोखरा न्यूज -४, साउन । 

थाइलैण्डको बैंककमा हुन लागेको ‘अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरिय एमेच्योर मुआथाई च्यम्पियनसिप’मा सहभागिताका जनाउन नेपालको प्रतिनिधित्व गर्दै पोखरा बाट खेलाडी सहितको टोली शुक्रबार बैंकक तर्फ प्रस्थान गरेको छ ।

बिश्वविद्यालय स्तरिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन हिँडेको मुआथाई टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, मुआथाई कास्की जिल्लाका अध्यक्ष अब्राहम खान लगाएतले बिदाई गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका काबा अध्यक्ष एवम नेपाल मुआथाईका कोषाध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा कास्की जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार रहेका छन ।

यसै गरि खेलाडी रुपक नेपाली ७३ किलोग्राम क्याटोगरी, भुपेन्द्रथापा ६५ किलोग्राम, मन्दिप थापा ७५ प्लस, कुमार थापा ५५ किलोग्राम क्याटोगरीमा प्रतियोगितामा प्रतिष्पर्धा गर्नेभएका छन । टोलीको अफिसियलमा अजय पराजुली र सूजन क्षेत्री रहेका छन भने रेफ्रीमा बिबेक कार्की र बिजय गुरुङ रहेका छन ।

‘अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरिय एमेच्योर मुवाँथाई च्यम्पियनसिप’ साउन ६ देखि १३ गते सम्म आयोजना हुँदैछ । उक्त प्रतियोगितामा ८४ देशको सहभागिता रहने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button