दारी ग्याङ पोखराद्वारा फेवाताल सरसफाई

पोखरा न्यूज -०५, साउन । 

फेसबुक जस्तो सामाजिक सञ्जाल मार्फत स्थापना गरिएको दारी ग्याङले शनिबार पोखराको फेवातालको जलकुम्भि सरसफाई गरेको छ ।

स्थानिय निकायलाई दबाब, जलकुम्भि सरसफाईका लागि ल्याईएको मेसिनको उचित प्रयोग गर्नुपर्ने, फेवाताललार्ई कुरुप हुनबाट जोगाउने उदेश्यले उक्त कार्यक्रम गरिएको दारी ग्याङ पोखराका संयोजक बसन्त पाहारीले बताए । वृहत रत्तदान,ग्रामिण स्कुलमा वाईटबोर्ड लगायत स्टेशनरी सामान वितरण लगायतका थुप्रै सामाजिक काम गरिसकेको दारी ग्याङमा हालसम्म १ लाख ४ हजार भन्दा बढि सदस्य छौ,उनले भने ।

आगामी दिनमा पोखराको चौपाया व्यावस्थापन गर्न यहाँका सरकारी निकायहरुलाई दबाब दिई सम्भावित सवारी दुर्घटना कम गराउने उदेश्य रहेको पहारीले बताए । पोखराको पर्यटन क्षेत्रको उचित व्यावस्थापनमा हाम्रो पहल जारी रहेको उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button