पोखरामा गोबर ग्याँसको खाडलमा एक व्यक्ति मृत अवस्थामा फेला

पोखरा न्यूज -५, साउन । 

पोखरामा गोबर ग्याँसको खाडलमा एक व्यक्ति  मृत अवस्थामा भेटिएका छन। भारतीय नागरिक पोखरा लेखनाथ महानगरपालिका–८ चालिसे चोकमा बस्दै आएका करिब ४० बर्षीय बाबुलाल प्रजापति शनिबार बिहान मृत अवस्थामा गोबर ग्याँसको खाँडलमा भेटिएको प्रहरीले जनाएको छ ।

विगत दुई दिन देखि सम्पर्क विहिन भएका प्रजापतिलाई डेरा नजिक रहेको गोबर ग्याँसको निकास हुने खाँडलमा स्थानीयले विहानै देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरिले उनलाई शनिबार खाँडलमा मृत अवस्थामा भेटेको हो । पोखरामा मजदुरी गर्दै आएका प्रजापति आफ्ना काकासंग बस्दै आएका थिए । प्रजापति छारे रोगबाट ग्रसित रहेको बताइन्छ । मृतक प्रजापतिको बाहिरी शरीरमा खासै कुनै चोटपटक नदेखिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक (डि.एस.पी.) नविन कार्कीले बताए । उनको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको डीएसपी कार्कीले जनाए ।

दुई दिन अघि साँझमा पिसाप फेर्न कोठाबाट बाहिरिएका प्रजापति सम्पर्क बिहिन भएपछी दुई दिन देखि खोजी कार्य भइरहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button