झापामा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु

पोखरा न्यूज -०६, साउन ।
मोटरसाइकल दुर्घटनामा परेर गएराति झापाको गौरादहमा एक युवाको ज्यान गएको छ ।

गौरादह–गौरीगञ्ज सडकखण्डअन्तर्गतको गौरादह–३ स्थित धोबेनियामा मोटरसाइकल दुर्घटनामा परेर सोही वडा निवासी ३२ वर्षीय जीवन न्यौपानेको ज्यान गएको हो । न्यौपाने गौरादहका युवा व्यवसायी हुन् ।

गौरीगञ्जबाट घरतर्फ फर्कदै गर्दा उनी सवार बा १० प ४६३ नम्बरको मोटरसाइकल गएराति ८:३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button