‘दोहा २०२२ का लागि तयार छ’– महामहिम राजदुत युसुफ बिन

केशव पाठक, पोखरा न्यूज -६, साउन ।
नेपालका लागि कतारका महामहिम राजदुत युसुफ बिन मुहमद अल–हेलले सन २०२२ मा कतारको राजधानी दोहामा हुने फिफा विश्वकपका लागि आफ्नो देश तयार भएको बताएका छन ।

ललितपुर चुनीखेल स्थित कतारको राजदुताबासमा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष संगको भेटमा महामहिम राजदुत युसुफ बिनले उक्त कुरा बताएका हुन ।

हामीले आगामी विश्वकप कतारको मात्र नभई सम्पूर्ण एशियाली मुलुकको साझा मंचको रुपमा तयार गर्ने छौ महामहिम राजदुत युसुफ बिनले जोड दिंदै भने –‘आगामी फिफा विश्वकपलाई यादगार बनाउन हामीले कुनै कसर बाकी राख्ने छैनौ जसको तयारी सुरु भइसकेको छ,’– ‘दोहा २०२२ का लागि तयार छ ।’

कतारको राजधानी दोहामा आयोजना हुने फिफा विशवकप आफ्नो देशको मात्र नभएर सम्पूर्ण एशियाली देशहरुको भएको स्पष्ट पार्दै यसमा सबैको उत्तिकै साथ र सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे ।

महामहिम राजदुत युसुफ बिनले भेटमा कतारमा मजदुरहरुका विषयमा समय–समयमा चलाइएका विभिन्न अफवाहहरुका विषयमा ध्यनाकृष्ट भएको उल्लेख गर्दै मजदुर शुरक्षाका सवालमा कतार जहिले पनि संवेदनशिल रहेको बताए । उनले मजदुरको शुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरुको पारिश्रमिक र स्वास्थका जस्ता महत्वपूर्ण कुराहरुलाई गंभिर ढङ्गले हेर्ने गरेको समेत बताए ।मजदुरहरुले काम गर्ने बेलामा लगाउने बातानुकुलित ज्याकेट देखि लिएर उनीहरुको स्वास्थ उपचारका लागि सम्पुर्ण निशुल्क रहेको जानकारी गराउँदै महामहिम राजदुत युसुफ बिनले मजदुरहरुले प्राप्त गर्ने तलबमानमा समेत कुनै कर नलगाइएको स्पष्ट पारे । उनले मजदुर हक हितका सवालमा जहिले पनि सकारात्मक सोचका साथ हेरिएको बताउँदै भने– ‘हामी मजदुरका सवालमा अगाडी बढेर सहयोग गर्न तत्पर छौं।’

महामहिम राजदुत युसुफ बिनले मजदुरहरुका लागि सुविधा सम्पन्न कोलोनी र उनीहरुको भिसा खर्च समेत निशुल्क गरिएको बताउँदै केही विचौलियहरुले भिसा खर्च भन्दै उनीहरु संग लिएको रकम फिर्ता गराउने काम समेत गरिएकोे बताए ।

नेपाल बाट जाने कामदारहरुको स्वास्थ्य परिक्षण जस्तो महत्वपूर्ण काम अब राजदुतावास बाट नै संचालन गर्ने महामहिम राजदुत युसुफ बिनले बताए । उनले स्पष्ट पार्दै भने– ‘धेरै कामदारहरुको नेपालमा गरिने स्वास्थ्य परिक्षण कतारमा जाँदा फरक पर्ने भएकोले यो सुरु गर्दै छौं जसका कारण उनीहरुलाई कुनै समस्या नपरोस ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button