पोखराको सेति नदिबाट अबैध रुपमा बालुवा ओसार्ने मिनी ट्रक कारबाहीमा

पोखरा न्यूज -६, साउन । 

पोखराको सेती नदीबाट अबैध रुपमा बालुवा ओसार्ने मिनी ट्रकलाई पोखरा लेखनाथ महानगरपालिकाले कारबाही गरेको छ ।

आइतबार बगरस्थित कसेरी घाटबाट अबैध रुपमा बालुवा ओसार्दै गरेका ४ वटा मिनी ट्रकलाई महानगरपालिकाले १०/१० हजार जरिवाना गरेको हो । वडा प्रहरी कार्यालय बगरले ती ट्रकलाई समातेर महानगरपालिकालाई बुझाएको हो । महानगरपालिकाका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार ग १ ख ७८०२, ग १ ख ६४८४, ग १ ख ७१५७ र ग १ ख ४०९९ नम्बरका मिनी ट्रक कारबाहीमा परेका हुन् ।

गत आर्थिक वर्षको टेन्डरको समय सकिएको र यो वर्षलाई टेन्डर नभएको अवस्था अबैध रुपमा बालुवा निकासी हुने गरेकाले प्रहरीले सक्रिया बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षको लागि विभिन्न घाटको टेन्डर आह्वान गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button