पोखराको बेगनास तालमा पौडी खेल्ने क्रममा डुब्दा १ को मृत्यु

पोखरा न्यूज -०६, साउन।

पोखरा लेखनाथ महानगरपालिका -१५  बेगनास तालमा पौडी खेल्ने क्रममा डुब्दा १ जनाको मृत्यु भएको छ ।

बेगनास तालमा माछा मार्न गएको बेला पौडी खेल्दा अचानक डुबेर पोखरा लेखनाथ महानगरपालिका -१५ टुटुङगा बस्ने ३१ बर्षीय प्रकाश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तालमा डुबेका गुरुङको प्रहरीबाट तत्कालै उद्दार गरि उपचारको लागी स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा  लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

घटनाको बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button