पोखरा – १६ मा स्कुटर दुर्घटना हुँदा १ घाइते

पोखरा न्यूज -०६, साउन ।

पोखरा लेखनाथ महानगरपालिका -१६ लामाचौरमा स्कुटर दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।

लामाचौरमा रहेको पश्चिमाञ्चल ईन्जिनियरिङ कलेजको कम्पाउण्ड भित्र ग ११ प ४५३१ नम्बरको स्कुटर अनियन्त्रित  दुर्घटना हुंदा स्कुटर चालक अमृत झा घाइते भएको प्रहरीले जनाएको छ  । धनुषा घर भइ  पश्चिमाञ्चल ईन्जिनियरिङ कलेजको होस्टेलमा बस्दै आएका  २१ बर्षीय  झाको  फिस्टेल हस्पिटल  पोखरामा उपचार भइरहेको प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्यालले जानकारी दिए  ।

प्रहरीका अनुसार स्कुटर आइतबार दिउसो करिब १०:३० बजेको समयमा दुर्घटनामा परेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button