नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औँ स्मृति दिवसमा रक्तदान

पोखरा न्यूज -०७, साउन ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० औँ स्मृति दिवसका अवसरमा आज चम्पादेवीमा आयोजना गरिएको रक्तदानमा ६१ पिन्ट रगत संकलन गरिएको छ ।

पुष्पलाल स्पोर्टस् क्लबले आयोजना गरेको उक्त रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले  गरेका थिए ।

बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान गरिएको थियो । कीर्तिपुर नगरपालिका–४ मा रहेको क्लबले स्थानीय क्षेत्रमा छवटा बालबालिका क्लब गठन गरी उनीहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग गर्दै आएको सदस्य डिक्सन महर्जनले जानकारी दिए ।

पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी विसं २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button