वरिष्ठ नेता पौडेल र जापनी राजदूत भेट

पोखरा न्यूज -०८, साउन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ।

वरिष्ठ नेता पौडेल निवास बालाजुमा आज भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । भेटमा जापानले नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको राजदूत साइगोले बताएका थिए ।

वरिष्ठ नेता पौडेलले तनहुँको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकामा राजदूत साइगोलाई धन्यवाद दिएका थिए । त्यसैगरी नेपालको समृद्धिका लागि कृषि क्रान्ति ऊर्जा शक्तिको विस्तार र पर्यटनको विकास आवश्यक भएकाले यी क्षेत्रमा लगानी गर्न उनले जापानलाई आग्रहसमेत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button