खेलकुदलाई आर्थिक समृद्धीसंग जोड्नु पर्छ : मन्त्रि विश्वकर्मा

पोखरा न्यूज -१२, साउन ।

खेकुदलाई मनोरंजनको साधन मात्र नबनाई आर्थिक समृद्धी र सार्मथ्यको पाटोमा समेत जोड्नु पर्ने कुरामा युवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले जोड दिएका छन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४० औं स्मृती दिवशका अवसरमा पोखरामा आयोजित प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितालाई उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले बर्तमान समयमा खेलकुदमा धेरै समस्या र चुनौती देखिएपनि खेलकुदको माध्यम बाट पर्यटनलाई जोड्दै आर्थिक समृद्धी तर्फ अगाडी बढाउन सकिने उल्लेख्य सम्भावना रहेको बताए ।

खेलकुद राष्ट्रिय गौरव बढाउने एक शसक्त माध्यम रहेको बताउँदै मन्त्रि विश्वकर्माले खेलकुद अयोजनाका गर्नका लागि मात्रै नभै राष्ट्रिय पहिचानका लागि पनि खेलकुद अपरिहार्य कुरा औंल्याए ।

खेलकुदको क्षेत्र पोखरामा अथाह सम्भावना रहेको कुरालाई उल्लेख गर्दै पकृतीको बरदान स्वरुप प्राप्त पोखरा र प्रदेश ४ मा शाहसिक र हाइ अल्टिच्युड् खेलकुदका माध्यम द्वारा पर्यटन प्रवद्धन गर्दै देशकै आर्थिक समृद्धीसंग जोडन सकिने मन्त्रि विश्वकर्माले बताए । उनले यहाँको खेल बिकासका लागि ठोस संकल्पका साथ आफु अगाडी बढीरहेको समेत उल्लेख गरे ।

यति बेला नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुद (साग)लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेलहरुलाई सम्पूर्ण पोखरेलीहरुले एकजुट भएर सहयोग गर्न आग्रह गरे ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्गनिर्देश गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धाराणा राख्दै मन्त्रि विश्वकर्माले खेलकुद कुनै बेला सामन्त बर्गका लागि मनोरंजनको साधन भए पनि संविधानले नै खेलकुदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडी बढाएको प्रष्ट पारे ।

सो अबसरमा नेपाल उद्योग बणिज्य महासंघका उपाध्यक्ष उमेश राज श्रेष्ठले राजनितिक रुपमा खेलकुदका विषयमा कुनै राजनितिक दलले चासो नदिएको धारणा राख्दै खेलकुदको बिकासका लागि खेलकुद विश्वविद्यालयको अपरिहर्याता रहेको कुरामा जोड दिए ।
उपाध्यक्ष श्रेष्ठले खेलकुदमा निजी संस्थाहरुको सहभागिता हुनु पर्ने कुरा औंल्याउँदै खेलकुद राजनिती बाट मुक्त राख्नु पर्ने बताए ।
तिन दिन सम्म चल्ने प्रदेश स्तरिय व्याडमिन्टन डबल्स प्रतियोगितामा ९४ टिममा १ सय ८६ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक राष्ट्रिय बाणिज्य संघका अध्यक्ष संजिब बहादुर कोइरालाले जानकारी दिए । प्रतियोगितामा बिजेता खेलाडीले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

मन्त्रि विश्वकर्माले गरे रंगशालाको निरिक्षण

१३ औं दक्षिण एशियाली खेलकुद (साग)का पोखरा रंगशालामा निर्माणाधिन पूर्वाधारहरुका विषयमा मन्त्रि विश्वकर्माले जानकारी लिएका छन । उनले पोखरामा आयोजना हुने ह्याण्डबल, फुटबल, आर्चरी, ट्रायथोलन, भलिबल लगाएतका पूर्वाधार निर्माणका बारेमा चासो दिएका थिए ।

उनले सो अवसरमा क्रिकेट व्याडमिन्टन, बास्केटबल लगाएतका पूर्वाधार निर्माणका बारेमा जानकारी समेत लिए । उनले पोखरा रंगशालामा खेलकुदका संघ संस्थाका प्रतिनिधीहरुसंग भेटी उनीहरुका समस्याका बारेमा समेत जानकारी लिए ।

मन्त्रि विश्वकर्माद्वारा श्रद्धाञ्जली व्यक्त

यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्माले धादिङ पृथ्वीराजमार्गमा शुक्रबार कार दुर्घटनामा निधन भएका नेपाल प्याराग्लाइडिङ संघका कोषाध्यक्ष मधुकर सुवेदीको घर पोखरा जरेवरमा पुगेर मृतक सुबेदी प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । उनले सुबेदीका परिवार संग भेटेर समवेदना समेत दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button