अधिकारी र गुरुङको जोडीलाई गण्डकी प्रदेश स्तरिय व्याडमिण्टन प्रतियोगिताको उपाधि

पोखरा न्यूज -१४, साउन।

विधान अधिकारी र रविन गुरुङको जोडीले तेश्रो पुष्पलाल स्मृती गण्डकी प्रदेश स्तरिय व्याडमिण्टन प्रतियोगिताको उपाधि जितेका छन । ४० औं पुष्पलाल दिवसको सन्दर्भमा सोमबार पोखरा रंगशालामा सम्पन्न भएको फाईनल खेलमा अधिकारी र गुरुङको जोडीले बिशाल खड्का र विरेन्द्र कुंवरको जोडीलाइ २१–१७, ११–२१ र २१–८ को सेटमा पराजित गर्दै उपाधि सहित २० हजार पुरस्कार प्राप्त गरे । शम्भु श्रेष्ठ र खेम केसी तथा बिशाल बस्नेत र प्रदिप लम्सालको जोडी तेश्रो भए ।

त्यसै गरी पुष्पलाल ‘ए’ तर्फ प्रेम कुमार गुरुङ्ग र शक्ति गुरुङ्गको जोडीले उपाधि जिते । सुसिल पौडेल र रबिन गुरुङ्गको जोडी दोश्रो हुदा सुरेन्द्र हमाल र सन्दिप अधिकारी तथा दुर्गा बराल र संजिव लाभाजुको जोडी तेश्रो भए । त्यसैगरि पुष्पलाल ‘बि’ तर्फ लक्ष्मण न्यौपाने र अर्जुन गिरीको जोडीले अमृत पोख्रेल र केशर नेपालको जोडीलाई फाईनल खेलमा पराजित गर्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । त्यसै गरी नबिन गुरुङ्ग र पुजन गुरुङ्ग तथा शिव पोख्रेल र निराजन थापाको जोडीले तेश्रो स्थान हासिल गर्यो । ४५ बर्ष माथि उमेर समुह भेट्रान्स तर्फ भुमि गुरुङ र राजेन्द्र गुरुङको जोडीले वनमाली आचार्य र कुमार गुरुङको जोडीलाइ पराजित गर्दै उपाधि जितेको हो । मनोज कुमार श्रेष्ठ र केशर बहादुर राय मल्ल तथा बुद्धिमान गुरुङ र नर बहादुर गुरुङको जोडी तेश्रो भए । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन। बिशाल खड्का, शम्भु श्रेष्ठ, विधान अधिकारी र बिशाल बस्नेत राष्ट्रिय खेलाडी हुन।

विजेता खेलाडीको समुहलाई २० हजार, उपविजतालाई १५ हजार तथा तेश्रा स्थान हासिल गर्ने समुहलाई नगद १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिएको थियो । कुटि रिसोर्ट प्रालि,लेकसाइडले प्रतियोगिताको मुख्य प्रायोजन तथा कास्की जिल्ला ब्याडमिण्टन संघले प्राविधिक सहयोग गरेको हो । नेपाल राष्ट्रिय बाणिज्य संघ कास्की, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कास्की र उद्योग तथा व्यावसायिक महासंघ समन्वय समिति कास्कीको संयुक्त आयोजनामा उक्त प्रतियोगितामा १ सय ८४ जना खेलाडीहरुले सहभागि जनाएको प्रमुख अपिसियल नरबहादुर गुरुङले बताए । नेपाल राष्ट्रिय बाणिज्य संघ कास्कीका अध्यक्ष संजिव बहादुर कोइरालाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । शनिबार देखि संचालन भएको प्रतियोगितामा कास्की, तनहुँ,, बेनी, पर्वत, बागलुङ लगायतका जिल्लाबाट खेलाडीहरु सहभागि भएको प्रतियोगिता संयोजक यदुनाथ अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button