काँग्रेस पूर्वमहामन्त्री सिटौलाको आरोप

पोखरा न्यूज -१५, साउन ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई दुई तिहाइको मात लागेको आरोप लगाएका छन् ।

झापाको सदरमुकाम चन्द्रगढीमा आज काङ्ग्रेस झापाद्वारा आयोजित विरोधसभामा नेता सिटौलाले सरकारले जनताको अधिकारमाथि दमन गर्न खोजेको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको दावी गरे । उनले प्रधानमन्त्री केपी ओलीलाई सरकार संसद, सडक र मिडियामा नियन्त्रण गरेको भन्दै त्यसो नगर्न आग्रह गरे।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button