निर्णायक आन्दोलन हुन्छ : वरिष्ठ नेता पौडेल

पोखरा न्यूज -१५, साउन ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको रवैया यहि किसिमको रहिरहे पार्टी निर्णायक आन्दोलन गर्न पछि नहट्ने बताएका छन् ।

तनहूँमा आज आयोजित सभामा नेता पौडेलले भने सरकारलाई ठीक ठाउँमा ल्याउन र सचेत गराउन प्रतिकारात्मक विरोध कार्यक्रम गरेका हौँ नसच्चिए निर्णायक आन्दोलन गर्न तयार छौँ ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्र नक्कली नै थियो भने सर्वोच्च अदालतमा बसेर न्यायनिसाफ गरिरहेका न्याय परिषद्ले के हेरेर सिफारिस ग¥यो यसकारण सर्वप्रथम न्याय परिषद्का पदाधिकारीलाई कारबाही गर्नुपर्छ भन्ने उनको भनाई थियो ।

काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले दुई तिहाई बहुमतको आडमा कम्यूनिष्ट सरकारले लोकतन्त्रको स्थायीत्व, समृद्ध नेपाल र जनताको भावना विपरित काम गरेको आरोप लगाए । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले सरकार संसदलाई नै बन्धक बनाएर एकाधिकार तरिकाले चल्न थालेको आरोप लगाए ।

पार्टी कार्यालयबाट निस्केको विशाल ¥यालीले बजार परिक्रमा गर्दै दमौलीको अनशन चौतारीमा सभामा परिणत भएको थियो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button