शिक्षामा जापानी सहयोग बढ्ने विश्वास

पोखरा न्यूज -१५, साउन ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा जापानी सहयोग वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जापानले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकोप्रति आभार प्रकट गरे ।

नेपालमा जापान सरकारको सहयोगमा सञ्चालित परियोजनामार्फत विद्यालय शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा हुँदै आएको सहयोगका लागि उनले आभार व्यक्त गरे ।

भेटमा जापानी राजदूत साइगोले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारको सहयोग निरन्तर रहने विश्वास दिलाए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button