शोक प्रस्ताव पारित

पोखरा न्युज -१६, साउन ।

राष्ट्रिय सभाको आजको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित ग¥यो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । साथै बैठकले उनको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरेको थियो ।

विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उनि नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्यसमेत रहेका जोशीको हिजो काठमाडौं स्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रियसभाको अर्काे बैठक साउन १७ गते दिनको ११.३० बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button