पोखरा क्षेत्रमै निजी स्तरबाट पहिलो पटक कराँतेको प्रशिक्षण हल निमार्ण

८० लाखको लागतमा निमार्ण

पोखरा न्युज -१६, साउन । 

पोखराको चाउथेमा निमार्ण हुदै गरेको कराँते प्रशिक्षण हलको हालसम्म करिब ८० प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ ।

पर्यटकीय नगरी पोखरामा विदेशी लगानी सहित निजी स्तरबाट निमार्ण हुन लागेको उक्त प्रशिक्षण हलको ८० प्रतिशत जसो निमार्ण कार्य सम्पन्न भएको नेपाल सितोरियो सेको काई कराँते संघका अध्यक्ष सुस्मा गुरुङले बताइन।

अमेरीकाको हिमालयन फाउण्डेसन (क्राप) र स्थानिय संघ संस्थको आर्थिक सहयोगमा निमार्ण हुन लागेको उक्त प्रशिक्षण हल आगामी दुई महिना भित्र प्रशिक्षण गराउने गरी हल संचालनमा आउने भएको अध्यक्ष गुरुङले बताइन। उनका अनुसार उक्त भवनको पहिलो तलामा प्रशिक्षण हल हुने भएको छ भने दोश्रो तलामा भने प्रशिक्षण केन्द्रको कार्यालय सहितको कोठाहरु निमार्ण हुने भएको छ । प्रशिक्षण हल सहितको भवन निमार्णमा करिब ८० लाख खर्च लाग्ने भए पनि हालसम्म हिमालयनबाट ३० हजार अमेरीकी डलर अर्थात नेपाली करिब ३५ लाख रुपैया प्राप्त भएका संघले जनाएको छ । बाँकी रकम स्थानिय विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भएको तथा केहि रकम पुनः अमेरीकाबाट आउने भएको अध्यक्ष गुरुङले बताइन। फाउण्डेसनका संस्थापक/अध्यक्ष यज्ञलाल श्रेष्ठको पहलमा अमेरीकाबाट विभिन्न कार्यक्रमहरु संचालन गरी तथा दाताहरुबाट संकलित रकम पोखरा सहित नेपालको खेलकुदको विकासको लागि कराँतेको प्रशिक्षण हल निमार्णको लागि सहयोग गरेका हुन।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ स्थित चाउथे पार्दी चौतारा क्षेत्रमा उक्त हल निमार्ण भएसंगै पोखरा क्षेत्रबाट खेलाडी उत्पादन हुने भएको अध्यक्ष गुरुङले विश्वास लिएकी छन। पोखरामा अन्तराष्ट्रिय स्तरको प्रशिक्षण हल सहितको एकेडेमी निमार्ण गर्ने लक्ष्य रहेको उनले बताइन। उनका अनुसार पोखरा क्षेत्रमा हाल सितोरियो सेको काई कराँतेका करिब ५५ जना खेलाडीहरु रहेका छन भने सन २०१६ मा जापानमा भएको वल्र्ड च्याम्पियनसिपमा कास्कीकी खेलाडी रुविस्का तामाङले कास्य र रजत पदक जित्न सफल भएकी छन।

हिमालयनको यो प्रोजेक्ट पाँचौ हो भने यस अघि छात्रबृत्ति देखि भूकम्प लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । एसियन गेम, ओलम्पिकमा समेत सहभागि यस खेलमा नेपालको पदकको राम्रो सम्भावना देखेर आफुहरुले एकेडेमी संचालन गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष गुरुङले बताइन । एकेडेमी स्थापना भएसंगै स्थानिय खेलाडीहरुको लागि राम्रो अवसर हुने उनको भनाई छ।

अध्यक्ष गुरुङ को हुन त

संघका अध्यक्ष सुस्मा गुरुङ कराँतेकी थ्रि–डान, राष्ट्रिय स्तरकै रेफ्रि, पाचौं तथा छैटौं राष्ट्रिय खेलकुदमा रजत पदक विजेता, उज्विकिस्तानमा भएको कराँतेको वल्र्ड च्याम्पियनसिपमा कास्य पदक, ५५ केजी तौल समुहमा वल्ड स्टार, भारतको भिस्वाका पाट्नममा भएको वल्र्ड ओको च्याम्पियनमा स्वर्ण पदक, रसियामा भएको वल्र्ड च्याम्पियनसिपमा कास्य पदक विजेता खेलाडी हुन। भारत, उज्विकिस्तान, रसिया, कोरिया, हङकङ, जापान, जर्मन, फिल्याण्ड, अष्ट्रीया, चेक रि–पव्लिक लगायतको देशमा अन्तराष्ट्रिय खेल खेल्न सहभागि भएकी छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button