टान पोखराको अध्यक्षमा भुजेल र श्रेष्ठको उमेदवारी

पोखरा न्यूज -१८, साउन । 

ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको अध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । टान पोखराको १५ औं अधिवेसनमा हरि भुजेल र भोज कुमार श्रेष्ठको आगामी दुई बर्षीय कार्यकालको लागि शुक्रबार उमेदवारी परेको हो।

त्यसै गरी अन्य पदहरुको लगि समेत दुई भन्दा बढी उमेदवारी परेकोले यही साउन २६ गतेसम्म सर्वसम्मति जुट्न नसके अनततः निर्वाचन हुने भएको निर्वाचन कमिटिले जनाएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा शुसिल पौडेल र विश्वराज अधिकारी, द्धितीय उपाध्यक्षमा दिवस लामिछाने, धर्म पन्थी र श्याँम थापा, सचिवमा जिवनराज सापकोटा, रामचन्द्र अधिकारी र मिलन तिवारी, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य र किसन कुमारी गुरुङको उमेदवारी परेको छ ।

६ जना सदस्य पदका लगि १२ जनाको उमेदवारी परेको कृष्णप्रसाद आचार्यले बताए । उनक अनुसार १२ सदस्य निर्वाचीत कार्यसमिति हुन्छ भने अध्यक्षबाट दुइ जना सदस्य थप्ने प्रवद्धन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button