कास्कीमा कुलुङहरुको जिल्ला कार्यक्रम समिति पुनगर्ठन

अनुज कुलुङ, पोखरा न्यूज- १८ साउन  ।

कास्कीमा शुक्रबार कुलुङहरुको जिल्ला कार्यक्रम समिति पुनगर्ठन भएको छ ।

कास्कीको अन्नपुर्ण गाउपालिका-८ बिरेठाटीमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ जिल्ला कार्यसमिति  कास्कीको पुनगर्ठन गरिएको हो ।  कास्की जिल्लालाई कर्मथलोको बनाएर बसेका तथा बसाईसराई भएर जिल्लामै रहेका कुलुङहरुको सयुक्त भेलाले कार्यसमिति पुनगर्ठन गरेको हो । महेश थिम्राको  संयोजकत्वमा  पुनगठित समितिको उपसंयोजकमा  तारा होङेलु, सदस्य सचिवमा  अनुज मुम्हो तथा कोषाध्यक्षमा परम मोरोखु चयन भएका छन् ।  भेलाले समितिको सदस्यहरुमा  सिलास गेप्दुलु, प्रेम थिम्रा, मनिकुमारी थिम्रा, अनिल थिम्रा, लकु तोमोछा (सुब्बा), इन्द्र ङोपोचो र एलन गान्खु रहने गरी जम्मा ११ सदष्यीय कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै कुलुङ संघ जिल्ला कार्यसमिति मोरङका अध्यक्ष टेक बहादुर मोरोखुले मोरङमा कुलुङ संघ निकै सक्रियता साथ अघि बढेको कारणले त्यस ठाउँमा राजनीतिक क्षेत्र र सरकारी तवरबाटै आफुहरुले  सकरात्मक रुपमा आर्थिक एबम नैतिक सहयोगहरु पाइरहेका बताए ।

त्यसैगरी कुलुङ संघ जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष आशधन रिन्होले आफ्नो भाषा संस्कृति र जाति बचाउन यूवाहरुको चासो निकै कम देखिएकाले कुलुङ संगठनलाई यूवाहरुको चासो र सक्रियता अति आवश्यक रहेको भन्दै सुझाव सहित बधाई तथा  शुभकामना ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि कुलुङ संघका  केन्द्रिय अध्यक्ष चन्द्रसिं कुलुङले कुलुङ लगायत अन्य धेरै जातिहरुको भाषा, संस्कृति लोप हुदै गइरहेको र राज्यबाट पाउनुपर्ने अधिकारबाट बञ्चित भईरहेको अवस्थामा आफ्नो हक अधिकारको लागि विभिन्न आन्दोलन र मागहरु भइराख्दा पनि राज्यबाट सुचिकरण नभईरहेको अवस्थामा हरेक ठाउँमा कुलुङहरुको एकता मजबुत हुन  आवश्यक रहेको धारणा  ब्यक्त गरे । कुलुङ संगठनको इतिहाँस र भाबी रणनीतिको बारेमा बोल्दै उनले चाँडै नै जिल्ला कार्यसमितिको संयोजकत्वमा अन्य इकाई कमिटिहरु  गठन गरेर काम गर्न सुझाब दिए ।

२०६९ सालमा पहिलोपटक महेश थिम्राको अध्यक्षतामा ११ जना पदाधिकारीहरुको चयन भई २०७२ सालमा साधारण सभा गरी खुशी कुलुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएता पनि प्राविधिक कारणले संस्था निष्क्रिय रहिरहेको अवस्थामा कार्यसमिति पुनर्गठन गरिएको कार्यक्रम संयोजक प्रदीप कुलुङले जानकारी दिए । कास्की जिल्लामा कर्मथलो बनाएर, बसाईसराई भएर जिल्लामै रहिरहेका तथा विभिन्न कारणले जिल्लामा लामो समयदेखि बसिरहेका सम्पुर्ण कुलुङहरुको एकता, भाषा संरक्षण र संस्कृति उत्थानको निम्ति कार्यसमिति पुनगठित गरिएको  संयोजक प्रदीप कुलुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button