पोखराको छोरेपाटनमा बृहत सफाइ अभियान सम्पन्न

पोखरा न्यूज -१९, साउन ।

पोखरामा जारी बृहत सफाइ । अभियानन अन्तर्गत ११४ हप्ताको अभियान शनिबार छोरेपाटनमा सम्पन्न भएको छ । कार्यक्रममा १८ टन फोहरमैला संकलन गरिएको डेभिज फल क्लबका उपाध्यक्ष पुष्प बरालले बताए ।

यसअघि कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी मुरारी बस्नेतलाई समग्र कस्केली समुदायका तर्फबाट गुप्तेश्वर महादेव गुफाका मुल पुजारीले टीका एवं रुद्राक्षको मालाद्वारा स्वागत अभिनन्दन गरेका थिए ।

कार्यक्रममा प्रजिअ बुढाले अभियानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहभागिता जनाउने प्रतिबद्धता जनाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल र गण्डकी प्रदेश प्रहरीगणका गणपति एसपी लालमणि आचार्यसमेतको विशेष उपस्थिति थियो ।

यसपटकको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, डेभिज फल क्लब, युनाइटेड युथ पोखरा, जनप्रिय मावि स्काउट समूह, युथ नर्स संजाल, नेपाल, मितेरी नारी समूह, छोरेपाटन मावि, ओम एकेडेमी छोरेपाटन, एक्स आर्मी मावि, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, डेभिज फल टोल विकास संस्था, गुप्तेश्वर महिला जागरण संस्था, टासिलिङ तिब्बतियन क्याम्प, नारी उत्थान दिदी बहिनी समूह लगायत स्थानीय संघसंस्था र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

आगामी ११५ हप्ताको अभियान चिप्लेढुंगा वीपीचोकमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button